मधेश प्रज्ञा-प्रतिष्ठानको आगामी कार्ययोजनाबारे राजविराजमा शनिबार अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएको छ । मिथिला साहित्य कला प्रतिष्ठान राजविराजको सहकार्यमा मधेश प्रज्ञा-प्रतिष्ठानद्वारा अन्तरसम्वाद कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा मन्चासिन प्रमुख अतिथिसहित अतिथिगणहरु । फोटो: न्यूज टुडे
मिलाफ सप्तरीकी अध्यक्ष रमिला देवी साहको अध्यक्षता तथा मधेश प्रज्ञा-प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडी, (भ्रमर)को प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमको उदेश्य बारे प्रकाश पार्दै प्रमुख अतिथि कापडीले स्थानीय भाषा, कलासंस्कृतिलाई संरक्षण र प्रोत्साहन गर्न भावी नीति तथा कार्यक्रम बनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
मैथिली गित प्रस्तुत गर्दै कलाकारहरु । फोटो: न्यूज टुडे
उनले महत्त्वपूर्ण विभिन्न ६ विधामा विषयगत रुपमा सुझाव संकलन गरिने भएकोले सकारात्मक रुपमा आ -आफ्नो धारणा लिखित रुपमा प्रस्तुत गर्न आग्रह गरे ।
अन्तरसम्वादबाट आएको विचारलाई मधेश प्रज्ञा-प्रतिष्ठानको आगामी कार्ययोजनामा समेट्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्ययोजनामा पुसभित्र राजविराज, मलंगवा, र विरगंजमा भावी कार्यक्रम सम्बन्धि अन्तरसम्वाद कार्यक्रम गर्ने, लघु एवम् विद्वत वृत्तिको लागि अनुसन्धान प्रस्तावको आव्हान गरिने, मधेश प्रदेशका भाषा, साहित्य, संस्कृति, कला, गीत संगित र नाटक विधामा अनुसन्धानमुलक ग्रन्थ उपलब्ध गराउन आह्वान गर्ने,, आगामी माघ भित्र शास्त्रीय संगितका साधाक गुरुदेव कामत केन्द्रीत एकल सांगीतिक साँझको आयोजना गर्ने, आगामी माघ ५ गते बलिदानी दिवसको अवसरमा प्रदेश स्तरीय बहुभाषिक गोष्ठीको आयोजना गर्ने र स्वीकृत विधागत प्रतिभाहरुलाई सम्मान र पुरस्कृत गर्न कार्यविधि तयार भई सकेकोले निकट भविष्यमा त्यसको प्रक्रिया सुरु गर्ने भावी योजना रहेकोले त्यसको सफलताको लागि आफ्नो विचार तथा सल्लाह राख्न अध्यक्ष कापडीले आग्रह गरे ।
कार्यक्रममा आम संचार प्रधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य डा. सुर्य नारायण यादव, गोरखापत्रका मधेश व्युरो प्रमुख धिरेन्द्र प्रसाद साह,नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, मैथिली साहित्य परिषद नेपालका अध्यक्ष अवधेश कुमार झा, पुर्व अध्यक्ष देवेन्द्र मिश्रा, विष्णु कुमार मण्डल, मैथिली अभियानी करुणा झा, प्राध्यापक अधिबक्ता शम्भु कुमार यादव,मधेश प्रज्ञा प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत दानीकान्त झा, पत्रकार मनोहर कुमार पोखरेललगायतका विभिन्न संगठनमा आवद्ध कलाकारहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै रचनात्मक सुझाव सल्लाह दिए ।
मैथिली अभियानी ललिता झाद्वारा संचालित कार्यक्रममा स्वागत प्रतिष्ठानका सदस्य दिनेश कुमार यादवले गरे ।
कार्यक्रममा विभिन्न भाषाको गित तथा चर्चित कलाकारहरुद्वारा नृत्य समेत प्रस्तुत गरेका थिए ।