प्रिया सिंह थारु (पत्रकार )
रेडियोमा महिला लक्षित कार्यक्रमको संयोजक भएर काम गरिरहेको बेला “महिला महिलाबाट पिडित ” मुद्दा चयन गरे । कार्यक्रम प्रमुखले “एउटा पुरुषबाट दुईवटा महिला पिडित ” भनेर लेख्न लगाउदा मेरो चित बुझेको थिएन । महिला महिलाबाटै पिडित हुनुमा मेरो जोड थियो । तर त्यस्तो मुद्दा बनाउन दिएन ।
वास्तविक दोषी को ? महिला कि पुरुष ? पुरुषलाई आफ्नो घरमा पाकेको मासुभात भन्दा अरुको घरको दालभात मिठो रे । परमहिलासँग लागेका पुरुषलाई आफ्नो घरकी महिलाको बोली नि तितो रे । घरनी महिलाको कोइली जस्तो बोले नि काग जस्तो लाग्ने । बाहिरी महिला काग जस्तो बोले नि कोइली जस्तो मिठो स्वरको लाग्ने रे ! अरुतिर लागेका पुरुष आफु खोजखबर नगर्ने , श्रीमतिले बोल्न खोज्दा आफ्नो श्रीमतीसँग बोल्न पनि नरुचाउने जति बेला नि आफु व्यस्त छु भनेर टाल्ने गरेको हुन्छ । त्यही पुरुष जति व्यस्तता भए पनि पर महिलासँग समय भ्याइनभ्याई कुरा गर्ने गर्छन् ।
त्यो ठाउँमा महिलालाई राखेर हेरुम न । २१ औ शताब्दीमा हामी भन्छौं के महिला के पुरुष , महिला पुरुष बराबरी । अहिलेको समयमा जो पुरुषले गर्न सक्ने काम महिलाले पनि गर्ने गरेको यथार्थ छन । हो , केही हद सम्म संख्यात्मकमा फरक छ । कोही महिलालाई आफ्नो बालबच्चा नै सबैभन्दा प्यारो लाग्छन् भने केही महिलालाई परपुरुष प्यारो लाग्ने गर्छन ।
महिला महिलाबाटै पिडित कसरी नमान्ने ? कयौ महिला छिन, विवाहित पुरुष त्यसमा पनि बालबच्चाको बाउ हो थाहा हुदाहुदै जानीजानी त्यसतर्फ फास्ने गर्छिन् । यस्तो महिलालाई के भन्ने ? के यस्तो महिला दोषी होइन ? यस्तो महिलालाई दोषी मान्ने कि नमान्ने ?
महिलाले महिलालाई पिडा दिएर रमाउनेको कमी छैन यहा ! आज फेरि त्यो अरुलाई पिडा दिएर आफु रमाउने निर्दयी महिलाको याद आयो । सायद आफ्नो सुख ऎस आरामको उन्मादले स्वार्थ पूर्तिका लागि अरुको भागको खुशी खोसेर आफ्नो स्वतन्त्रताको बाटो परपुरुष रोजेको महिला बर्गलाई मन कल्पित शब्दरुपी अनुभव सामान्य लाग्लान तर तिमी जस्तै महिलाकै कारणले गर्दा जीवनको गोरेटोमा गन्तव्य नपुग्दै एक्लिन वाध्य भएकी महिलाको आँशु पुच्छदै आफ्नो आँशु लुकाउदै आफु हाँँसेको ओठले जहिले नि झस्काउँछ ।
तिमी जस्तै निर्दयी मनकारी महिलाको कारण काखमा दुधे बालक लिएर अकल्पनीय जिम्मेवारीको बोझ बोकेर आफ्नो खुशीको भाग तिम्रो लागि त्याग्न मराशन्न हुनु परेको होला तिमी जस्ती निर्दयीता भएकी महिलाले महशुस गर्नै सक्दैन होला । गन्ती छैन कौयौं पल्ट सम्बन्ध बिच्छेद गरौ कि के गरौ रुदै सोच आउथ्यो तर उ परे अनपढ बच्चालाई छोड्न नसक्ने र आफु पाल्न नसक्ने । फेरी हाम्रा समाजको गिध्दे नजर डिभोसी महिलालाई घ्रिणित नजर भन्दा माथि उठेर हेर्नै सक्दैन उल्टै महिलालाई चरित्रहीन बनादिन्छ । एकातिर बच्चा कसरी हुर्काउने पिडा अर्कोतिर समाज । आमाको बाध्यताले दशकौ लाग्यो जिवनको आश, आधार, सुख, भविष्य खुशी तिम्रो लागि त्याग्न । जोसँग जिवनको हरेक मोडमा सुखदुःख काट्दै जिवन विताउने आश मात्र होइन बिश्वाससाथ अंगालेको श्रीमानलाई बच्चाको बुवा मात्र बनाएर बस्नु पर्ने श्रीमतीको पिडा अरुको पोइ खोस्ने महिलालाई के थाहा ?
हाम्रा समाजमा महिलालाई चिन्न र चिनाउन बिभिन्न नाम हुन्छन । आमा, हजुरआमा, दिदी , बहिनी, काकी, फुपु, भाउजु , भतिजी , छोरी, बुहारी , नातिनी ,सासु, जेठानी, देवरानी , नन्द,भान्जी, सम्धिनी, सोल्टिनी आदि । कुनै युगमा भगवती ,सरस्वती ,लक्ष्मी ,पार्वती देवीको रुप दिइन्, महिलालाई तर अहिले प्रयोग कर्ने बस्तु मान्ने गरेको पाइन्छ । जब कि संसार चल्नलाई चाहे महिला होस् या पुरुष दुवैको भुमिका र महत्त्व उतिकै हुन्छ । हाम्रा समाजमा तिमी पुरुष शासक हो जति सक्छौ शासन गर भन्ने चेतना दिएर हुर्काइरहेको छ। महिला र पुरुष दुवैको भूमिका र महत्त्वको बारेमा सिकाउन, बुझाउन आवश्यक छ, बुझाउन नसके विभेद यहींबाट हुन्छ।
महिलालाई वस्तु बुझ्ने चलन कायमै छ । पुरुष जातिको घुर्कीमा कमी कहा आएको छ र ? जति क्षमता हुन्छ त्यतिवटा बुढी भित्राउछु । मन लागे बस नलागे जाउ भन पछि पर्दैनन् पुरष जाति । महिलाले बालबच्चा छोडेर कहा जाउ, समाजले के भन्लान् सोची बस्दै मरे तुल्य जिवन काट्न बाध्य हुन्छिन । हाम्राे समाजमा निर्दयी महिलाको पनि कमी कहा छ र ! पैसाबला हुनेखाने पुरुषलाई देखि नसक्नु हुन्छ । अर्काको बुढीलाई जे सुकै होस आफु रमाउन पाए पुग्ने । दुधे बच्चा समेतलाई छोड्न पछि पर्दैन निर्दयी महिला । पितृसत्तात्मक सोचमा आधारित सामाजिक मुल्य मान्यता सदियौ देखि चलि आएकोे महिला प्रतिको भेदभावपूर्ण व्यवहार समाजको यथार्थ हो । तर महिला नै दुष्ट भइदिदा के भन्ने ?
कति पुरुषलाई आफ्नो गृहिणी राम्रो लाग्ने , सन्तुष्ट नि हुने र पनि परमहिलासँग सम्बन्ध राख्छन । त्यस्तालाई के भन्ने ? साच्चिकै माया गरेको बुझ्ने र ? कि महिलालाई टाइम पासको बस्तु बुझ्छन् होला ? त्यस्ता पुरुषसँग सम्बन्ध राखनु महिलाको मुर्खता होइन र ? बुढाबुढी आफैंमा खुशी बसेकाहरु पनि अरुसँग बहकिनु पनि माया हो र ? त्यस्ता पुरुष परेको बेला आफ्नोकै हुन्छन् र पनि सचेतना नहुनुमा को दोषी ?
२००४ सालदेखि नेपालमा पटक पटक संविधान फेरिए जसमा नेपाली जनताको प्रत्यक्ष सहभागितामार्फत परिवर्तन भएको भए पनि आम जनताको जन्मदेखि मृत्युसम्मका हरेक संस्कार समेटिएको देशको कानून (मुलुकी ऐन) भने बल्ल २०७४ सालमा फेरीएको छ । मुुलुकी संहिता अनुसार अर्कोसँग सम्बन्ध बिच्छेद नगरी बिवाह गरे पूर्णरूपमा गैरकानुनी हुने र कारवाही अनिवार्य हुने तथा बहुविवाह गर्ने महिला र पुरुष दुवैलाई एक बर्ष देखि पाँच बर्ष सम्मको कैद र दश हजार देखि ५० हजार रुपैयासम्म जरिवानाको व्यवस्था गरिएको छ भने बहुविवाह स्वत: बदर हुने व्यवस्था कानुनमा छ । बहुविवाह गैरकानुनी नभइदिएको भए झन महिलापुरुष उन्माद हुने थियोे होला जब कानुनी व्यवस्था हुदाहुदै यस्तो छ ।
(लेखक) थारु, आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश समिति उपाध्यक्ष हुन् ।