• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गौर घटनामा जसपाका कोहि मुछिँदैन: मत्री महतो 

गौर घटनामा जसपाका कोहि मुछिँदैन: मत्री महतो 
न्यूज टुडे
राजविराज, २७ भदौ ।
जसपा नेता एवम् संघीय सरकारका बन मन्त्री विरेन्द्र महतोले गौरघटनामा जसपका कुनै नेताकार्यकर्ता नमुछिँने बताएका छन् । सप्तरीको राजविराजमा बुधबार पार्टी नेताकार्यकर्तासंग भेटघाट गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
राजविराज विमान स्थल मन्त्री महतोलाई स्वागत गर्दै जसपा नेताकार्यकर्ता । फोटो: न्यूज टुडे
पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री महतोले गौर घटनामा जसपाका नेताकार्यकर्ता निर्दोष रहेको टिप्पणी गरे ।
गौर घटना तत्कालीन माओवादी नेता प्रभु साहको दम्भ र माओवादी पीडितहरुको आक्रोशका कारण घटेको उनले जिकिर गरे । गौर घटनाको विषयले निकै चर्चा पाएका छ्न, मन्त्री महतोले भने, उक्त घटनामा जसपाका नेताकार्यकर्ता कोहि दोषी छैन, जसपा नेताकार्यकर्ता त्यस काण्डमा कोहि मुछिँदैन, ढुक्क भए हुन्छ ।
राजविराज राजनीतिक, शैक्षिक रुपले ऎतिहासिक सहर भएको बताउदै मन्त्री महतोले देशको ठु-ठुल्ला राजनीतिक परिवर्तनमा सप्तरी जिल्ला बासीको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे । स्थानीय नेताकार्यकर्ताले राखेको जिज्ञसालाई सम्बोधन गर्दै मन्त्री महतोले सप्तरीको समग्र विकासमा कमि आउन नदिने विश्वास व्यक्त गरे । उनले सप्तरीमा बन्यजन्तुबाट किसानहरुले भोग्दै आएको समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गर्दै बन मन्त्री महतो । फोटो: न्यूज टुडे
चुरे मधेको लाईफलाईन भएको भन्दै, बन मन्त्री महतोले, चुरे संरक्षणका लागि गुरु योजना ल्याउने तयारीकासाथ सरकारले काम गरिरहेको उल्लेख्य गरे । सरकारले ल्याउने गुरु योजनाले विभिन्न बाहनामा हुँदै आएको चुरे दोहनको समस्या सधैको लागि अन्त्य हुने उनले दावी गरे ।  मन्त्री महतोले राजविराज स्थित गजेन्द्र चौक पुगेर गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरि त्यस लगतै मलेठ घटनाका सहिद समाधी स्थल पुगेर फुलमाला अर्पण गरे । 
जसपा सप्तरीद्वारा आयोजित कार्यकर्ता भेटभाट समारोहमा सहभागी नेताकार्यकर्ता । फोटो: न्यूज टुडे
जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा जसपाका केन्द्र, प्रदेश, जिल्ला तथा विभिन्न भातृसंगठनका नेताकार्यकर्ता र जनप्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
यस अधि जसपा नेताकार्यकर्ताले मन्त्री महतोलाई राजविराज विमान स्थलमा भव्य स्वागत गरि राजविराजमा ल्याएका थिए ।