• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

राजगढमा पदाधिकारी सुविधामा मनपर्दी, बार्षिक ७५ लाखभन्दा बढी खर्च

राजगढमा पदाधिकारी सुविधामा मनपर्दी, बार्षिक ७५ लाखभन्दा बढी खर्च

न्यूज टुडे
राजविराज, २१ भदौ ।
सप्तरीको राजगढ गाउँपालिकामा पदाधिकारीहरुले मनपर्दी सुविधा लिएको पाईएको छ । स्थानीय तहमा पदाधिकारीहरुले पाउने सुविधाको सम्बन्धमा बनेको ऐन २०७५ बिपरित पदाधिकारीहरुले सुविधा लिएको खुलासा भएको हो ।

पालिका पदाधिकारीहरुले बार्षिक पारिश्रमिक सुविधा ७५ लाख ८१ हजार ६ सय ४० लिएको महालेखा परिक्षकको प्रतिबेदन २०७९ मा उल्लेख छ । महालेखाको प्रतिबेदन २०७९ अनुसार पदाधिकारीहरुले लाखौं पारिश्रमिक सुविधा बापत अनियमितता गरेको ठहर छ ।
मधेश प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ को दफा ३ मा स्थानीय तहको आन्तरिक श्रोत समेतको आधारमा सम्बन्धित सभाले पारित गरेको सुविधा तथा भत्ता पाउने व्यवस्था छ, प्रतिबेदन भनिएको छ, तर पालिकाले यो बर्ष पदाधिकारीको बार्षिक पारिश्रमिक सुविधामा ७५ लाख ८१ हजार ६ सय ४० खर्च लेखेको देखिन्छ, उक्त खर्च पालिकाको यो बर्षको आन्तरिक आय २४ लाख ३१ हजार ८ सय ५५ को तुलनामा ३११. ७६ प्रतिशात रहेको देखिन्छ ।
पालिकाले आन्तरिक आयको सिमा नाघेर पदाधिकारीहरुको सुविधा शिर्षकमा मापदण्ड विपरीत मनपर्दी गरेको महालेखाको प्रतिबेदनले ठहार गरेको छ ।

कानुनले आन्तरिक श्रोत समेतको आधारमा सुविधा पाउने व्यवस्था गरेपनि पालिकाले राजस्व बाँडफाँडबाट मात्र खर्च व्यहोरेको देखिन्छ , प्रतिबेदन भनिएको छ, तसर्थ पालिकाले आन्तरिक आय बढाई यस्तो खर्चलाई आन्तरिक आयको निर्दिष्ट सिमाभित्र राख्नुपर्दछ ।
पालिकाहरुले आफुखुशी खाना, इन्धन, जनप्रतिनिधि तथा कर्मचारीहरुले भत्ता तथा सुविधा मनपर्दी लिने गरेको तथ्य बाहिरिएसंगै जनस्तरबाटै सर्वत्र विरोध हुन थालेको छ ।