• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पत्रकारलाई दुर्व्यवहार र धम्कीदिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो : फोनिज 

पत्रकारलाई दुर्व्यवहार र धम्कीदिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो : फोनिज 
न्यूज टुडे
राजविराज, ५ भदौ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)संघीय समितिद्वरा निवर्तमान केन्द्रीय सदस्य राजु चौधरीमाथि भएको दुर्व्यवहार तथा धम्की प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताएको छ ।
 फोनिज केन्द्रीय सचिव समीर बलामीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै  गैंडाकोटको अक्सफोर्ड कलेजका प्रतिनिधिहरुले गुण्डागर्दी शैलीमा दुर्व्यवहार र धम्की दिएको घटना प्रेस स्वतन्त्रता विरोधी कदम भएको जनाएको हो  ।
नारायणी अनलाइन तथा चलचित्र पत्रकार संघ नेपाल चितवन पोष्ट दैनिकको कार्यालयमा छिरेर कलेजका प्रतिनिधिहरुले पत्रकार चौधरीमाथि गरेको दुर्व्यवहार र धम्की दिएको घटनाप्रति फोनिज संघीय समितिको गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
फोनिजले समाचार प्रकाशनको बिषयलाई लिएर  मिडिया हाउसमै छिरेर पत्रकारमाथि हुने दुर्व्यवहार र धम्कीको घटनाप्रति खेद प्रकट गर्दै घोर भर्त्सना गरेको छ ।
नारायणी अनलाइन र चितवन पोष्ट दैनिकले आगुऔषध सेवन गरि चालकले अक्सफोर्ड कलेजको बस चलाएको विषयमा प्रकाशित समाचारलाई लिएर कलेजका संचालक हरि भण्डारीको छोरा रोहन भण्डारीले गुण्डाहरुको टोलीलाई साथमा लिएर मिडिया हाउसमै छिरेर दुर्व्यवहार र धम्की दिनु प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप हो, विज्ञाप्तिमा भनिएको छ, यस किसिमको कुनैपनी घटनाप्रति फोनिज खेद प्रकट र घोर भर्त्सना गर्दछ ।
 फोनिजले पत्रकार चौधरीमाथि  आक्रमणमा संलग्नहरुको खोजी गरि कानुनी दायरामा ल्याउन जोडदार माग गरेको छ ।
 समाचारको विषयलाई लिएर  कानुनी उपचारमा जान सकिने बाटो हुँदा हुँदै कानुनलाई  हातमा लिएर संचार माध्यम र पत्रकारमाथि धम्की दिने अक्सफोर्ड कलेजका टिम र घटनामा संलग्नको तत्काल पहिचान गरि कानुनी दायरामा ल्याउन फोनिज जोडदार माग गर्दछ, सचिब बलामीद्वरा जारी विज्ञप्तिमा भनिएको छ, कुनैपनी बहानामा पत्रकारमाथि दुर्व्यवहार र धम्की दिनु प्रेस विरोधी काम हो ,यस्ता खाले प्रेस विरोधी कार्यको अन्त्य गर्न फोनिज माग गर्दछ ।
पत्रकारलाई सुरक्षाको प्रत्याभूति गराउन पनि फोनिज स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ, आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) संघीय समितिद्वरा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
सोमबार समचारको विषयलाई लिएर पत्रकार चौधरीमाथि दुर्व्यवहार भएको थियो ।