• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भारदह अस्पतालमा शल्यक्रिया तथा प्रसुती सेवा संचालन

भारदह अस्पतालमा शल्यक्रिया तथा प्रसुती सेवा संचालन
न्यूज टुडे
राजविराज, १ भदौ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित रहेको भारदह अस्पतालमा शल्यक्रिया तथा प्रसुती सेवा संचालनमा आएको छ । अस्पतालमा शुक्रबार आयोजित एक समारोहका विच मधेश प्रदेशका स्वास्थ्य मन्त्री विरेन्द्र प्रसाद सिंहले शल्यक्रिया तथा प्रसुती सेवाको उदघाटन गरेको हो ।
भारदह अस्पतालमा शल्यक्रिया तथा प्रसुतीसेवा भवन उदघाटन समारोहमा मन्चासिन प्रमुख अतिथि मन्त्री सिंहसहित अतिथिगणहरु। फोटो: न्यूज टुडे
हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र कुमार माझीको अध्यक्षतामा आयोजित कार्यक्रम मन्त्री सिंहले रिवन काटेर सेवा शुभारम्भ गरे ।
शल्यक्रिया तथा प्रसुती भवन उदघाटन समारोहमा बोल्दै स्वास्थ्यमन्त्री सिंहले  अस्पतालको स्तरउन्नतिका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य सकिल अलि, सतिश कुमार सिंह, कंचनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, बलान विहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव,हनुमाननगर कंकालिनी नगरपालिकाका उपप्रमुख सरिता कुमारी सिलपलिया, मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका सचिब डा. प्रमोद यादव, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य अबधेश झालगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
स्वास्थ्यकर्मी धर्मेन्द्र खड्गाद्वारा संचालित कार्यक्रममा स्वागत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम देवले गरे ।
मधेश प्रदेश सरकारको सहयोगमा नवनिर्मित २२ कोठे भवनमा नगरपालिकाले बेड लगायतका आबश्यक उपकरण उपलब्ध गराएपछि १५ बेडबाट बढाएर ३३ बेडको अस्पतालको रुपमा संचालनमा ल्याएको जनाएको छ । सेवा संचालनमा ल्याईसंगै प्रसुती तथा जनरल सर्जरी सम्बन्धि सम्पुर्ण सेवा भारदह अस्पतालबाटै प्रदान हुने डा. देवले जानकारी दिए ।
 भारदह अस्पताललाई ५० बेडको अस्पतालको रुपमा विकास गर्ने तयारी मधेश प्रदेश सरकारले गरेको छ ।