न्यूज टुडे
राजविराज, ३० श्रावण ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा देशब्यापी धर्ना तथा बिरोध कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय सप्तरीमा मंगलबार शिक्षकहरुले धर्ना दिएका छन ।
शिक्षा विकास तथा समन्वय इकाई निमित्त प्रमुख विजय कुमार यादवलाई विभिन्न मागपत्र बुझाउदै नेपाल शिक्षक महासंघको नेतृत्वमा विहान ११ बजेदेखि ३ घण्टा धर्ना बसेको हुन ।
धर्नामा बसेका शिक्षकहरुले आफुहरु राष्ट्रका सेवक भएकाले राज्यले कुनै प्रकारको विभेद गर्न नहुने बताए । नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादवले पेशागत सुरक्षाका लागि विभिन्न माग राखी धर्नामा बसेको बताए । उनले शान्तिपुर्ण रुपले माग सुनुवाइ नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
शिक्षकहरुले बुझाएको पत्रमा महासंघ र सरकारबिच भएका ३० बुँदे र ५१ सम्झैता कार्यान्वयन गर्नुपर्ने, निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च संघीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहीअनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तर गर्नुपर्नेलगायत माग उल्लेख छ ।
धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघ आवध्द विभिन्न संगठनका शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेका थिए ।