• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेपाल शिक्षक महासंघद्वारा पालिकाहरुमा धर्ना

नेपाल शिक्षक महासंघद्वारा पालिकाहरुमा धर्ना
न्यूज टुडे
राजविराज, २८ श्रावण । 
नेपाल शिक्षक महासंघद्वारा आयोजित देशब्यापी धर्ना तथा बिरोध कार्यक्रम अन्तर्गत सप्तरीको राजविराज नगरपालिकासहित जिल्लाभरीका गाउँ तथा नगरपालिका कार्यालयमा शिक्षकहरुले धर्ना दिएका छन । स्थानीय तहमा विभिन्न मागपत्र बुझाउदै नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु आइतबार जिल्लाका सबै गाउँ तथा नगरपालिकाको कार्यालय अगाडि धर्ना बसेको हुन ।
नेपाल शिक्षक महासंघ सप्तरीको अध्यक्ष दिनेश प्रसाद यादव नेतृत्वमा राजविराज नगरपालिकामा बसेको धर्ना । फोटो:न्यूज टुडे
धर्नामा बसेका शिक्षकहरुले आफुहरु राष्ट्रका सेवक भएकाले राज्यले कुनै प्रकारको विभेद गर्न नहुने बताए । नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादवले पेशागत सुरक्षाका लागि विभिन्न माग राखी धर्नामा बसेको बताए । उनले शान्तिपुर्ण रुपले माग सुनुवाइ नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए । 
 शिक्षकहरुले नगरपालिकामा बुझाएको पत्रमा शिक्षकको सेबासुबिधाको लागि राज्य जिम्मेवार हुनुपर्ने, शिक्षक राजनितिमा नलागेर आफ्नो क्षमता बढाएर एक भएर अघि बढ्नुपर्ने , शिक्षक सेवा आयोगलाइ संबैधानिक बनाउनुपर्ने, अन्तर्राष्ट्रिय  स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खालको शिक्षा नीति निर्माण हुनुपर्ने माग राखेको छ ।
यसैगरी महासंघ र सरकारबिच भएका सम्झैता कार्यान्वयन गर्नुपर्ने, निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च संघीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहीअनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तर गर्नुपर्नेलगायत माग शिक्षकहरुको रहेको छ ।