• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सुद्विकरणको आडमा काखापाखा स्वीकार्य हुदैनः अध्यक्ष लम्साल

सुद्विकरणको आडमा काखापाखा स्वीकार्य हुदैनः अध्यक्ष लम्साल

न्यूज टुडे
राजविराज, १७ श्रावण ।
प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले सुद्विकरणको आडमा काखापाखा गरिए त्यो स्विकार्य नहुने बताएका छ्न ।

सप्तरीको राजविराजमा बुधबार प्रेस युनियन सप्तरीको सातौं अधिबेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले सुद्विकरणको नाममा सक्रिय पत्रकारलाई हटाउने प्रयास भईरहेको प्रति आक्रोश व्यक्त गरे ।
युनियन प्रेस स्वतन्त्रता र लोकतन्त्रको पक्षमा उभिने संगठन भएको चर्चा गर्दै उनले सुद्विकरणको आडमा क्रियाशिल पत्रकारमाथि अन्यय भए मान्य नहुने जिकिर गरे । पत्रकार महासंघमा सुद्विकरणको विषय जोडकासाथ मैलेनै उठाएका हुँ, उनले भने, सुद्विकरणको नाममा प्रतिशोध साध्न ठिक हुदैन, पुर्वाग्रहि भावानाले कसैलाई काखापाखा गरे स्विकार्य हुदैन ।
पत्रकार महासंघ जिल्ला तथा प्रदेश शाखाले गरेको निर्णय चित्त नबुझे माथिलो तहमा उजुरी गर्न आग्रह गर्दै उनले सक्रिय पत्रकारको पक्षमा सधै दृढता पुर्वक उभिने प्रतिबद्धता व्यक्त गरे ।
मधेश प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि दिदैं आएको बजेट कटौती गरेको प्रति उनले आपत्ति व्यक्त गरे । पत्रकारिता क्षेत्रको विकास र पत्रकारको क्षमता अभिबृद्विका लागि तिनै तहको सरकारले थप सुविधा बढाउन पर्नेमा जोड दिदै अध्यक्ष लम्सालले विगतमा भएको बजेट कटौती नगरी बढाउनु जरुरी रहेको उल्लेख गरे ।
उनले सरकारले प्रेससंग सम्बन्धित कानुन बनाउँदा सरोकारवालाहरु संग गहन छ्लफल गर्नुपर्नेमा जोड दिए । अध्यक्ष लम्सालले प्रेस सम्बन्धि कानुन पत्रकार तथा आमजनताको पक्षमा नभए अस्विकार गर्ने चेतावनी दिए ।

सम्मान ग्रहण गर्दै पत्रकार शिव नारायण साह ( सुरज ) । फोटोः न्यूज टुडे

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य दिनेश कुमार यादवले पत्रकारहरुलाई भ्रष्टाचार विरुद्ध तथा विकास, समृद्धि र सुशासनको पक्षमा कलम चलाउन आग्रह गरे । उनले जनप्रतिनिधि र पत्रकारहरुले एकअर्कालाई दोषारोपण नगरी सहकार्य गरेर अगाडि बड्नुपर्नेमा जोड दिए ।
प्रेस युनियनका केन्द्रिय सदस्य एवम् मधेश प्रदेश इन्जार्ज अनिल कर्णले पत्रकारमाथि गरिने कुनैपनि प्रकारको दमन तथा ज्यादती सहय नहुने बताए ।
नेपाल पत्रकार महासंघ सप्तरीका सचिब रामनारायण विश्वासले पछिल्लो पटक पत्रकारमाथी प्रहरी–प्रशासनबाट हुने गरेको दुव्र्यवहार सम्बन्धि राजनीतिदलहरु गम्भीर नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

प्रेस युनियन सप्तरीबाट सम्मानित हुँदै वरिष्ठ पत्रकार व्यासशंकर उपाध्याय । फोटोः न्यूज टुडे

प्रेस युनियन सप्तरीका अध्यक्ष श्रावण कुमार देवको अध्यक्षतमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सचिब सनत कुमार मण्डल, ट्रेड युनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डल, कंचनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता, सुरुङ्गा नगरपालिकाकी प्रमुख गिता चौधरी, कंचनरुप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेल, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, प्रेस युनियन केन्द्रिय प्रतिनिधि लोकराज अवस्थी, काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ (ख) का सभापति उमेश मिश्र, तरुण दलका केन्द्रिय सदस्य खगेन्द्र कर्ण, प्रेस युनियनका मधेश प्रदेश उपाध्यक्ष धिरेन्द्र प्रसाद साह,, पत्रकार महासंघका पुर्व सभापति बैद्यनाथ झा, वरिष्ठ पत्रकार अनिल कुमार अनल, अर्जुन कुमार साह, प्रेस मञ्च सप्तरीका अध्यक्ष भूषण कुमार सिंह, प्रेस सेन्टर सप्तरीका अध्यक्ष दिनानाथ यादव, समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल पोखरेल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा मन्चासिन प्रमुख अतिथि तथा अतिथिगणहरु । फोटोः न्यूज टुडे

प्रेस युनियन सप्तरीका उपाध्यक्ष विनयकुमार लाल कर्णद्वारा संचालित कार्यक्रममा स्वागत संजिवविक्रम साहले गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व सभापति व्यासशंकर उपाध्याय, शिव नारायण साह( सुरज) लगायत २ दर्जन भन्दा बढीलाई सम्मान–पत्र र गम्छाद्वारा सम्मान गरिएको थियो ।