न्यूज टुडे
राजविराज, १७ श्रावण ।
पत्रकार कुट्ने असई राजेश्वर महताे निलम्बित भएका छन् । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सल्लाहकार मनोहरकुमार पोखरेलमाथि हातपात गरेको आरोपमा मधेश प्रदेश प्रहरी कार्यालयले उनलाई मंगलबार निलम्बन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार मधेश प्रदेश कार्यालयलाई उनलाई निलम्बनको लागि सिफारिस गरेको थियो ।
प्रहरी नियमावली २०७१ (संशोधन सहित) वमोजिम उनलाई मधेश प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
समाचार संकलनका लागि सोमबार जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकार पोखरेललाई असई महतोले कुटपिट गर्दै दुव्र्यवहार गरेका थिए ।