• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रजिअले दुर्व्यवहार गरेको आरोप

न्यूज टुडे
राजविराज, १६ श्रावण ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले दुव्र्यवहार गरेको एक सेवाग्राहीले आरोप लगाएका छ्न । सप्तरीको छिन्न्मस्ता गाउँपालिका २ का शिवचन्द्र सुतिहारले राजविराजमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रजिअ थापाले दुव्र्यवहार गरेको आरोप लगाएका हुन ।

गत असार ५ गते चट्याङ लागेर ज्यान गुमाएका ६५ बर्षिय बुवा नारायण सुतिहारको जिल्ला प्रशासनबाट पाउने राहतको लागि भेट्न पुग्दा प्रजिअ थापाले अमानवीय व्यवहार गरेको उनले बताए ।
एक्लै पटकपटक जिल्ला प्रशासन कार्यालय जाँदा सुनुवाइ नभएपछि सहयोगीहरुसहित शुक्रबार प्रजिअ थापालाई भेट्न पुगँे, उनले भने, बुवालाई चट्याङ लागेर मृत्यु भएको मेडिकल रिपोर्ट देखाएँ, मसंग सिडिओ साहबले प्रहरी प्रतिबेदन माग गरे, त्यो पनि दिएँ, त्यसपछि सक्कल प्रहरी रिपोर्ट खोई भनेपछि, आफुलाई यहि दिएको भनी जानकारी गराएँ ।
प्रजिअ थापाले सक्कलै उपलब्ध गराउन भनेपछि जिल्ला प्रहरी कार्यालय जाँदा सक्कल कपि दिन मिल्दैन भनी नदिएकाले रित्तो हात फर्किएर प्रजिअ थापालाई सबैकुरा भन्दा पनि काम गर्नु भन्दा हप्काएर पठाएको पत्रकार सम्मेलनमा सुतिहारले दुखेसो पोखे ।
उनले शुक्रबार गाउँका सामाजिक अगुवाहरुलाई लिएर प्रजिअ थापालाई समस्या राख्न जाँदा कार्यकक्षबाट घोक्राएर निकालेको भन्दै गुनासो गरे । तँ नेतालाई लिएर आउँछस, यसलाई लगेर थुन भनी सुरक्षाकर्मीलाई आदेश गरि डरत्रास देखाए, प्रजिअ थापाको भनाई उदृत गर्दै उनले भने, गम्छा र चस्मा लगाएर आईस निस्किहाल भन्दै आफुसंग गएका राजनीतिककर्मी र सामाजिक अगुवाहरुलाई समेत तथानाम भन्दै बाहिर निकाली दिए ।

प्रजिअ थापाले आफुमाथी अमानवीय व्यवहार गरेको भन्दै उनले न्यायको लागि पहल गरिदिन संचारकर्मी, मानवअधिकारकर्मी, राजनीतिक दल लगायतका सरोकारवाला निकायलाई आग्रह समेत गरे । पत्रकार सम्मेलनमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला सचिव रामनारायण यादवले प्रजिअ थापाको अराजक शैलीले सर्वसाधारणहरु मारमा परेको बताए ।