• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मानवअधिकार उल्लंघनको प्रवृत्ति रोक्न जरुरी छः ठाकुर

मानवअधिकार उल्लंघनको प्रवृत्ति रोक्न जरुरी छः ठाकुर

न्यूज टुडे
राजविराज, १६ श्रावण ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर कुमार ठाकुरले मानव अधिकार उल्लघनका घटनाको दोषीलाई निलम्बन र कारबाही भन्दा पनि यसलाई रोक्न आवश्यक रहेको बताएका छन ।

मंगलबार नेपाल पत्रकार महासंघ सप्तरीको सभा हलमा आयोजित ३१ औं प्रकाश स्मृति दिवस समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । सोहि समारोहमा ८ औं बैद्य–प्रकाश मानव अधिकार पुरस्कार बितरण गदैं उनले सबैको अधिकारलाई संरक्षण गर्न सके मानव अधिकारको संरक्षण पनि हुने बताए । सोहि कार्यक्रममा ईन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले मधेश प्रदेशमा बढि मानव अधिकार उल्लघन भईरहेको बताए । मैथिली साहित्य परिषद सप्तरीका अध्यक्ष तथा पत्रकार अबधेश कुमार झाले सप्तरीमा प्रहरी प्रशासनले पत्रकार माथि दमन जारी राखेको कारण पत्रकारीता गर्न पनि समस्या भईरहेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराए ।

कार्यक्रममा आयोगकी मधेश प्रदेश प्रमुख मञ्जु खतिवडाले पनि मानव अधिकार उल्लंघन बढेको भन्दै चिन्ता व्यक्त गरिन् । पुरस्कार कोषका अध्यक्ष बैधनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति शिवनारायण साह, राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविन, पुरस्कृत थानसिंह भन्साली, कञ्चन झा, राष्टिूय मारवाडी महिला मञ्चकी केन्दीय उपाध्यक्ष मञ्जु शारदा लगायतले पनि मन्तव्य व्यक्त गरे । कोषका सदस्य सचिव मनोहर कुमार पोखरेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत कोषका सदस्य समेत रहेका नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले गरेका थिए ।