• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रहरीद्वारा लाखौंको अबैध सामान बरामद

न्यूज टुडे
राजविराज, १४ साउन ।
सप्तरी प्रहरीले २ लाखभन्दा बढी भन्सार छ्ली ल्याएको अबैध सामान बरामद गरेको छ ।

भारतबाट भन्सार छली ल्याएको २ लाख ३ हजार ७ सय ५० रुपैयाको अबैध सामान शनिबार बरामद गरेको हो । श्रावण १३ गते १०ः१५ बजेको समयमा जिल्ला सप्तरी राजबिराज नगरपालिका ७ स्थित हुलाकी राजमार्ग सडक खण्डमा भन्सार छली प्रदेश ०२–०१–००३ प६५८२ नम्बरको मोटरसाइकलमा ल्याउदै गरेको १ सय १८ प्याकेट राजनिगंधा र मस्ताबा गरी २ लाख ३ हजार ७ सय ५० बराबरको अबैध सामान नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेको मोटरसाइकल सहित आवश्यक कार्वाहीको लागी राजबिराज भन्सार कार्यालय तिलाठी सप्तरीमा बुझाईएको प्रहरीले जनाएको छ ।