न्यूज टुडे
राजविराज, १३ श्रावण ।
जनता समाजवादी पार्टी नेपाल अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा मिलन चौधरी चयन भएको छ । जसपा सप्तरीको अध्यक्ष केदार प्रसाद यादवको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक गाउँपालिका स्तरीय भेलाले चौधरीको नेतृत्वमा ११ सदस्यीय गाउँपालिका स्तरीय समिति चयन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा रेणुका कुमारी खंग, सचिबमा शम्भु प्रसाद चौधरी र कोषाध्यक्षमा कपिलदेव मण्डल चयन भएका छ्न ।
यसैगरी समितिको सदस्यहरुमा निर्मला चौधरी, प्रमानन्द चौधरी, शिवु चौधरी, विजय कुमार चौधरी र दिगम्बर चौधरी, रामदेवी चौधरी र भिम राई रहेका छ्न ।
भेलाले रामदेव यादव, मोतिलाल चौधरी र सबुरलाल चौधरी रहेको तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।
भेलामा जसपा नेता राज कुमार यादव, प्रदेश परिषद सदस्य अशोक कुमार चौधरी, जिल्ला कार्यकारिणी समिति सदस्य रामेश्वर प्रसाद यादव, जिल्ला सदस्यहरु रामेश्वर चौधरी, कुशेश्वर प्रसाद चौधरी, परमेश्वरी देवि यादव ,माधुरी चौधरी, निर्वाचन क्षेत्र नम्बर १ का अध्यक्ष हेमन्त कुमार बहडखेर, क्षेत्र १ (क) का अध्यक्ष श्याम कुमार चौधरी, समाजवादी महिला संघ सप्तरीका अध्यक्ष रमिलादेवी साहलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।