• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशमा जनमत पार्टी वाहेक कुनै पार्टीको भविष्य छैनः डा.राउत

मधेशमा जनमत पार्टी वाहेक कुनै पार्टीको भविष्य छैनः  डा.राउत

न्यूज टुडे
राजविराज, १३ श्रावण ।
जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सी.के.)राउतले मधेसमा जनमत पार्टी वाहेक कुनै पार्टीको भविष्य नरहेको बताएका छ्न । सप्तरीको राजविराजस्थित जिल्ला सम्बन्य समितिको सभा हलमा शनिवार आयोजित जनमत युवा सुदृढीकरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै जनमत पार्टीलाई एक सिटबाट बहुमतमा पु¥याएमा संघीय र प्रदेश सरकार बनाउनुको साथै रोजगारी समस्या,किसानको समस्या हल गर्ने दावी गरे ।
मधेश प्रदेशमा कृषि र शिक्षा मन्त्रालयमा जनताको पक्षमा एक पछि अर्को काम गर्न थाले पछि जनमत विरोधी पार्टीहरु जनमतका मन्त्रीहरुलाई विना विभागीय बनाएकोमा आपत्ति व्यक्त गरे । उनले जनताको पक्षमा मुद्दा उठाउन थाले पछि विरोधीहरु तिलमिलाएको बताए । मधेश विरोधी वजेट प्रतिनिधि सभामा ल्याएपछि संशोधन गरी वजेट ल्याउन अडान लिएर वजेटको विपक्षमा मतदान गरेको बताउदै मधेशवादी दल वजेट पास गर्न सधाएकोमा आक्रोश व्यक्त गरे ।
जनमत पार्टी मुलुकको आठौ स्थानमा रहेकोले पार्टीलाई सवै तिरबाट षडयन्त्र भईरहेकोले सम्पुर्ण नेता ,कार्यकर्तालाई गम्भिर हुन आग्रह गरे । पार्टीमा युवा दस्ता बनाएर पार्टी अगाडी बढने पक्षमा पार्टी रहेका बताए । पार्टीका सांसद, मन्त्री, नेताको अरु पार्टीबाट भइरहेको बदनामीबाट बचाउन आ –आफनो ठाउँबाट पार्टीको पक्षमा अवाज उठाउन नेता,कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीको वारेमा कुनै कुरा राख्नु परेमा पार्टी चाइनलबाट आउन पार्टी पंक्तिमा आग्रह गरे । महिलालाई रोजगारी सम्बन्धमा काम भईरहेको बताउदै युवाहरुलाई कल सेन्टर स्थापना गरी रोजगारी सिर्जना गर्ने जानकारी दिए ।
कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्रि महेश प्रसाद यादव,प्रदेस सभा सदस्य सतिशकुमार सिंह,पार्टीका महासचिव शरदसिंह यादव,जिल्ला इन्चार्ज रामगमन साह,केन्द्रीय सदस्य सुरेन्द्र शर्मा लगायतले शुभकामना मन्तब्य व्यक्त गरे । जनमत युवा सुदृढीकरण तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौ नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरे । नवप्रबेशीहरुलाई अध्यक्ष डा. राउतले माला,अविर लगाएर स्वागत गरेका थिए ।