• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कञ्चनरुपमा हिन्दु राष्ट्र माग गर्दै मोटरसाइकल ¥याली

कञ्चनरुपमा हिन्दु राष्ट्र माग गर्दै मोटरसाइकल ¥याली

न्यूज टुडे
राजविराज, ९ श्रावण ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा मंगलबार हिन्दु राष्ट्र माग गर्दै मोटरसाइकल ¥याली निकालिएको छ ।हिन्दु सम्राट सेना नेपाल कन्चनरुप नगरपालिका सप्तरीद्वारा हिन्दु राष्ट्रको माग राख्दै मोटरसाइकल ¥याली निकालेको हो ।

कन्चनपुर बेरियरबाट निष्किएको मोटरसाइल ¥याली नगरको विभिन्न भाग परिक्रमा गरि रुपनगरचोकमा पुगेर चर्को नाराबाजी गरेका थिए।
हिन्दु सम्राट सेनाका कार्यकर्ताहरुले हिन्दु राष्ट्र कायम गर , जय श्रीराम , हरहर महादेव जस्ता नाराहरु लगाएका थिए ।

हिन्दु राष्ट्र कायम नभए सम्म यस्ता कार्यक्रमहरु जारी रहने आयोजकले जनाएको छ ।