• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

न्यूज टुडे
राजविराज, ८ श्रावण।
सप्तरीको बजारहरुमा अप्रत्याशीत रुपले भएको मूल्यवृद्धिको विषयलाई लिएर जनगुनासो बढ्दै गएपछि स्थानीय प्रशासनद्वारा बजार अनुगमन हुने भएको छ ।

सप्तरी उद्योग बाणिज्य संघले श्रावण ८ गते प्रकाशित गरेको सूचना मार्फत प्रशासनद्वारा गरिने अनुगमनलाई सप्तरीका व्यवसायीहरुलाई सहयोग पु¥याउन आग्रह गरेका छन् । व्यवसायसँग सम्बन्धित सबै कागजपत्र र पसलमा मूल्य सूची राख्न तथा सडेगलेका, टुटफुट भएका, म्याद गुज्रेका र प्रतिबन्धित सामग्री नराख्न आग्रह गर्दै कारोबारको बिल बिजक अनिवार्य रुपमा राख्न सूचनामा भनिएको छ ।

भारतीय एसएसबी र नेपालको प्रशासनले भारतीय सीमा नाकामा कडाई गरेपछि नेपाल तर्फको बजारहरुमा चोरी पैठारीका वस्तुहरु बढी मात्रामा भित्रिरहेकोेले यो अनुगमन तीब्र पारिएको एक व्यवसायीले बताए ।