न्यूज टुडे
राजविराज, २ साउन ।
सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका विभिन्न नदि तथा बन जंगलको एक संसदीय टोलिद्वारा निरीक्षण गरेको छ । प्राकृतिक श्रोत तथा वातावरण समितीको टोलिले मंगलबार स्थलगत निरीक्षण गरेको हो ।
टोलिले सप्तरीको जुरपैनिया , त्रीयुगा , खुरहुरिया , टेङ्ग्राहा , पराधार , सुन्दरी , महुली लगायतका खोला नदि तथा बन जङ्गलको स्थलगत निरीक्षण गरेको थियो । टोलिमा साँसद सारदा पाहाडी, राज कुमार लेखी, त्रिभुवन साह, इन्दु साह, नुर नेशा रहेका थिए ।
नदि तथा बनजंगलको स्थलगत निरीक्षणपछि सप्तकोसी नगरपालिकाको सभाहलमा जनप्रतिनिधि र सरोकारवालासंग समस्या समाधानको बारेमा अन्तरक्रिया समेत गरेका थिए ।

नदि तटीय तथा बन क्षेत्रको नजिकका बासिन्दाहरुको समस्या समाधान गर्दै आबश्यक रणनीति बनाउने उदेश्यले निरीक्षण गरिएको सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य एवम पुर्व कानुन मन्त्री लेखीले जानकारी दिए ।