• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

नियोजित तरिकाले आर्थिक अनियमितताको आरोप लगाईयो : पुर्व प्रअ यादव 

नियोजित तरिकाले आर्थिक अनियमितताको आरोप लगाईयो : पुर्व प्रअ यादव 
न्युज टुडे
राजविराज, ३१ असार ।
सप्तरीको विष्णुपुर गाउँपालिका १ मा अवस्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका पुर्व प्रधानाध्यापक राम नारायण यादवले आफुमाथि लगाइएको आर्थिक अनियमितताको आरोप निरधार रहेको बताएका छ्न ।
 विद्यालय परिसरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै पुर्व प्रधानाध्यापक यादवले आफुमाथि लागेको अनियमितताको आरोपमा सत्यता नरहेको टिप्पणी गरेका हुन ।
 पत्रकार सम्मेलनमा बोल्दै पुर्व प्रधानाध्यापक यादवले आफ्नो कार्यकालमा निर्माण गरिएको पुर्वाधार विकासको कार्यमा आफ्नै व्यक्तिगत लगानी लागेको बाताए ।  उनले विभिन्न संचार माध्यममा  आर्थिक अनियमितता गरेको समाचार प्रसारण र प्रकाशित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे ।
 विद्यालयको विकासमा लगानी गर्दा नियोजित तरकारीले भ्रष्टाचारको आरोप लगाएको बताउदै उनले आफुमाथि लगाएको आर्थिक अनियमितताको आरोपमा कुनै तुक नरहेको स्पष्ट पारे । २०७८ भदौमा मैले प्रधानाध्यापकको जिम्मेवारी पाएदेखी विद्यालयको अवस्थामा क्रमिक रुपले सुधार हुँदै गएको थियो, उनले भने, विद्यालयलाई अझै राम्रो गरौं भन्ने सोचले विद्यालयको तेस्रो तल्ला थप्नको लागि पालिकासंग समवन्य गरे, पालिकाले २१ लाख रुपैया विद्यालयको खातामा जम्मा पनि गरिदियो ।
 तत्कालीन गाउँपालिका अध्यक्ष लिलाम्बर यादवले प्रविधिक पठाएर स्टिमेट गर्न लगाएर काम गर्न निर्देशन दिएको बताउदै पुर्व प्रअ यादवले, सोही अनुसार काम सुरु गरि लाखौ खर्च गरेपछि गाउँपालिकाले बजेट फिर्ता गरेको हुँदा विद्यालयमा थप समस्या आएको उल्लेख गरे ।
उनले गाउँपालिकाले काम गर्दा खर्च रकम भुक्तानी नगरी उल्टै ४० हजार व्याजसहित बजेट फिर्ता लिएको गुनासो गरे । विद्यालयको विभिन्न शिर्षकमा भएको रकम भवन निर्माणमा खर्च गरे, यादवले भने, गाउँपालिकाबाट भुक्तानी नपाउदा आफ्नो व्यक्तिगत ७ लाखभन्दाबढी लगानी विद्यालयको पुर्वाधार विकासमा भएको छ, अहिले कुन आधारमा अनियमितता गरेको ममाथि आरोप लगाएको हो, भ्रष्टाचार गरेको पुष्टि गरे कारबाही भोग्न तयार छु, तर यसरी कसैको चरीत्र हत्या गर्न ठिक कुरा हो ।
गाउँपालिकाको कारण विद्यालयको अबस्था धारसायी भएको उनको भनाइ थियो ।
गाउँपालिकाको रबैयाले विद्यालयको छ्त ढलान कार्य अधुरो रहेको बताउदै उनले प्रदेश सभा सदस्य  माननीय मो. समिम मियाँको संसदीय क्षेत्र विकास कोषको २५ लाखको लगानीमा ढलनको काम सम्पन्न गरेको पत्रकार सम्मेलनमा जानकारी गराए । उनले यस अघि भएको १५ लाख खर्च नपाएको दुखेसो पोखे ।  पुर्व प्रधानाध्यापक यादवले विद्यालयको विकासमा खर्च गरिएको रकम फिर्ता दिनुभन्दा अनावश्यक मानसिक तनाव र दुख दिने गरेको गुनासो गरे ।  प्रधानाध्यापकको जिम्मेवारीबाट आफु हटेपछि  बर्तमान प्रधानाध्यापकलाई हरहिसाव बरबुझारत गर्न खोज्दा लिन नमानेको उनले आरोप लगाए ।
प्रधानाध्यापक अशोक कुमार यादव । फोटो : न्यूज टुडे
 प्रधानाध्यापक अशोक कुमार यादवले पुर्व प्रअ यादवले बुझाएको हरहिसाव नबुझेको स्वीकार गरे । प्रक्रिया बमोजिम १५ दिन भित्र बरबुझारत गरिसक्नु पर्ने हो, तर महिनौंसम्म पनि गरेन, उनले भने, विधि, प्रक्रिया अनुसार कागतपत्र संलग्न नरहेको अधुरो हरहिसाव कसरी बुझ्नु । उनले बरबुझारत नहुदा विद्यालयको खाजा कार्यक्रम गाउँपालिकाले रोकिदिंदा बालबालिकाहरु खाजा  खानुबाट बन्चित भएको बताए ।
उनले पुर्व प्रधानाध्यापकले शिक्षक र विद्यालय कर्मचारीले पाउने तलव शिर्षकको बजेट हिनामिना गरेकाले ११ देखि १५ महिनासम्मको तलव उनीहरुले खान नपाएको बताए ।
विद्यालयमा कार्यरत  ३ जना शिक्षक, २ जना पाले र १ जना सरसफाइ कर्मचारीको तलव रोकिएको प्रधानाध्यापक यादवले जानकारी दिए । प्रधानाध्यापक अशोक कुमार यादवले २०७९ फागुनदेखि उक्त विद्यालयको जिम्मेवारी पाएका थिए ।