• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जसपा निकट कानून व्यवसायीको राष्ट्रिय सम्मेलन हुने

न्यूज टुडे
काठमाडौँ २८, असार ।
जनता समाजवादीपार्टी, नेपाल सम्बद्ध संघीय कानून व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन आह्वान गरिएको छ । सम्मेलन आगामी साउन ५ र ६ गते काठमाडौँको बूढानिलकण्ठ शिवपुरी स्थित नोभा रिसोर्टमाआयोजना हुन लागेको हो ।

जसपा नेपाल निकट कानून व्यवसायीहरुको छाता संगठन उक्त एसोसिएसनमा आवद्ध देशैभरीका करिब डेढ सय जना कानूनव्यवसायीहरु राष्ट्रिय सम्मेलनमा सहभागी हुने संघीय कानून व्यवसायी एसोसिएसनका राष्ट्रिय अध्यक्ष अधिवक्ता दिपक राईले जानकारी दिए ।
यही साउन ५ गतेदेखि सुरु हुने दुई दिवसीय उक्त सम्मेलनलाई जनता समाजवादीपार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन नगर्ने कार्यक्रम रहेको उनले बताए । बैठकले राष्ट्रिय सम्मेलन सम्पन्न गर्न व्यवस्थापन समिति,आर्थिक समिति, प्रचार प्रसार समिति र जनसम्पर्क समिति समेत गठन गरेको अध्यक्ष राईले बताए ।

कानूनव्यवसायीहरुको यो संगठन पार्टीमा बौद्धिक पेसाकर्मी महासंघ अन्तर्गतको मुख्य घटक संगठनको रुपमा सक्रिय रहेको छ ।