न्यूज टुडे
भगवानपुर, सिरहा २३ असार ।
हलुवाई समाज नेपालको सिरहा जिल्ला कार्य समिति भरत प्रसाद साहको नेतृत्वमा चयन भएको छ ।
सिरहाको भगवानपुरमा समाजको एक भव्य भेलाले १५ सदस्यीय कार्य समिति चयन गरेको हो । समाजको केन्द्रीय सदस्य रामशंकर साहको अध्यक्षतामा बसेको बन्द सत्र भेलाले अध्यक्ष पदमा भगवानपुरको भरत प्रसाद साहलाई त्यसैगरी उपाध्यक्षद्वयमा रामबाबु साह (प्रयागपुर) र जितेन्द्र साह (कल्याणपुर)लाई सर्वसम्मतीले चयन गरेको छ भने सचिव पदमा सुरेन्द्र कुमार साह (जिरोमाइल), कोषाध्यक्षमा भगवानपुरकै रुवी कुमारी साहलाई र सह–सचिव पदमा विन्देश्वर साह (छपडाडी)लाई चयन गरेको छ । त्यसैगरी सदस्य पदमा चनरदेव साह (इनर्वा), सुभाष साह (जिरोमाइल), महेन्द्र साह (रामपुर), राजलाल साह (करमनियाँ), राजेश्वर साह (सिरहा), बन्दीलाल साह (रिगौन), रामविलास साह (तामा सुइया) र राम गोपाल साह (लालपुर) चयन भएको निर्वाचन संयोजक भगवानी साहले सत्यापन साप्ताहिकलाई जानकारी गराए ।
सिरहा जिल्ला भरिका हलुवाई जातीको भेलामा बन्द सत्रको अध्यक्षता रामशंकर साहले गरेका थिए भने प्रमुख अतिथि हलुवाई समाज नेपालको केन्द्रीय अध्यक्ष शत्रुधन साह, संस्थापक अध्यक्ष शिवनारायण साह, सल्लाहकार पूर्व प्र.अ. राजेन्द्र प्रसाद साह, सिरहा नगर अध्यक्ष शम्भु साह, केन्द्रीय सचिव शिवजी साहले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संचालक अजय साहले गरेका थिए ।