• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा एमाले विरुद्व मिटरब्याजी पिडितको प्रदर्शन

सप्तरीमा एमाले विरुद्व मिटरब्याजी पिडितको प्रदर्शन
न्यूज टुडे
राजविराज, २१ असार  ।
 संसद् अवरोधले मिटर ब्याज सम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मिटरब्याज पिडितले राजविराजमा बिहिवार एमाले विरुद्ध प्रदर्शन गरेका छन्  । जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले एमाले बिरुद्व विभिन्न नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन ।
विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर विरोध प्रदर्शन उत्रिएका मिटर ब्याज पिडितहरु
स्थानीय शिव मन्दिरबाट निकालिएको र्‍याली राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको छन्  । मिटरब्याजी पीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट पीडितहरू सदरमुकाम पुगेर संसद् अवरोध गरेर  मिटर ब्याज सम्बन्धी अध्यादेश निष्क्रिय बनाउने एमाले बिरुद्व प्रदर्शन गरेका छन्  ।
मिटर व्याज पिडित संघर्ष समितिको आव्हानमा विभिन्न गाउँबाट आएका मिटर ब्याज पीडितहरु सहभागी र्‍याली
मिटरब्याजी संरक्षक एमाले मुर्दाबाद ,नेपाल सरकार जिन्दाबाद ,मिटरब्याजी पिडितलाई न्याय दे लगायतका विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर नारा लगाउँदै पीडितहरूले जुलुस प्रदर्शन गरेका छ्न ।