• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

अग्नीसाईर कृष्णासवरको १२औं गाउँसभा सम्पन्नः ४५ करोड ३३ लाख ८७ हजार २ सयको बजेट प्रस्तुत

अग्नीसाईर कृष्णासवरको १२औं गाउँसभा सम्पन्नः ४५ करोड ३३ लाख ८७ हजार २ सयको बजेट प्रस्तुत

बृजमान तामाङ
राजविराज, ८ असार ।
अग्नीसाईर कृष्णासवरन पालिकाको १२औं गाउँसभाको बजेट नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरिएको छ ।

गाउँ सभा हलमा आयोजित एक समारोहका बिच उपाध्यक्ष कल्पना कुमारी चौधरीले बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। उनले आगामी आर्थिक बर्ष २०८०÷८१ को लागि ४५ करोड ३३ लाख ८७ हजार २ सय रुपैयाँको बजेट प्रस्तुत गरिन । आगामी आर्थिक बर्ष २०८०÷०८१ को आय विवरण नेपाल सरकारको तर्फबाट वित्तीय समानिकरण १० करोड २ लाख, सशर्त अनुदान १९ करोड ८८ लाख, विषेश अनुदान ७० लाख समपुरक अनुदान १ करोड, राजस्व बाँडफाँड ८ करोड ८६ लाख ५१ हजार २ सय बजेट प्रस्ताव गरिएको छ ।
यसैगरी प्रदेश सरकारतर्फ वित्तीय समानिकरण अनुदान ७२ लाख ३६ हजार, विषेश अनुदान ३० लाख, समपुरक अनुदान २० लाख राजस्व भाँडफाँड ६५ लाख रहेको छ ।

गाउँसभामा मन्चासिन प्रमुख अतिथिसहित अतिथीगणहरु । फोटोः न्यूज टुडे

यसैगरी आन्तरिक आय १ करोड ५० लाख र गत आर्थिक बर्षको १ करोड बजेट रहेको छ । वडा स्तरीय बजेटमा ६ वटै वडाका लागि ५० लाखको दरले ३ करोड, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिबृद्वी गर्न कृषि विधुतीगरणका लागि किसानहरुलाई निशुल्क कृषि महुसुलमा अनुदान १ करोड, पशुपंक्षि विकासतर्फ सशर्त अनुदानको कार्यक्रम ३५ लाख, पालिकाबासीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चितताका लागि ५० लाख रुपैयाँ, आयुवेर्द सेवाको अभिबृद्वि ५ लाख, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागी ४७ लाख ३२ हजार र शैक्षिक क्षेत्र विकासका लागि १७ लाख ५१ हजार, महिलाबालबालिका जेष्ठ नागरिक, दलित, आदिवासी जनजाति उत्थानका लागि ५ लाख, विपद व्यवस्थापनका लागि१६ लाख ३६ हजार, किसान वर्गीकरण गरि पोषण, बगैचा संचालन गर्न १७ लाख ३१ हजार,न्याय निरुपण गरि न्यायिक क्षमता अभिबृद्वी कार्यक्रम संचालनका लागी २० लाख प्रस्ताव गरिएको छ ।
साँस्कृतिक संग्रहालय तथा नाच घर, शौचालय, खानेपानी, नालासहितको पक्की सडक निर्माण, फोहोर मैला व्यवस्थापन, वडा कार्यालय तथा सामुदायिक स्तरको भवन निर्माण, पार्क निर्माण, सोलार वत्ती निर्माणलगायतका कामहरुलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिकाको मुख्य सडकलाई रोलिङ र सडक पेटीसहितको नमूना सडकको रुपमा विकास गर्ने, वन सिटी वन कलर अन्तर्गत पहिलो चरणमा मुख्य सडकका घर तथा पसलहरुका व्यवस्थित गर्ने , पालिका क्षेत्रका सडकहरुको स्तरोन्नती, मर्मत सुधार, गाउँपालिकाको सौन्दर्य समेतलाई प्रतिकुल असर पार्ने गरी गाउँपालिकामा सार्वजनिक पर्ती जग्गापोखरी किनाराका क्षेत्र एवम् सडक मापदण्ड समेत अतिक्रमण गरी बनाईएका अनाधिकृत घर, टहरालगायतका संरचनाहरु हटाउन पहल गर्ने जनाईएको छ ।

सडक निर्माण गर्दा वातावरण मैत्री बनाउन बृक्षारोपण कार्यलाई प्रोत्साहन गरिने, हरित गाउँपालिका बनाउन विशेष अभियान सञ्चालन गर्ने,पालिका क्षेत्रमा चिडियाखाना, सांस्कृतिक संग्रहालय तथा नाच घर निर्माणकालागि विस्तृत परियोजना प्रतिवेदन तथा अध्ययन अनुसन्धान कार्यलाई अगाडि बढाईने, जनसहभागिता ५० प्रतिशत भन्दा बढी हुने उच्च प्राथमिकताका आयोजनाहरुलाई माग भएकै बखत स्वीकृत गर्ने नीति अवलम्वन गरिने कार्यक्रममा जानकारी दिईएको छ । जिल्लाकै नमुना स्थानीय तहको रुपमा विकास गर्नुका साथै भौतिक पूर्वाधार, सौन्दर्य व्यवस्थापन, भुमिहिनहरुलाई घरजग्गाको उचित व्यवस्था गर्न सहयोगी संस्थाहरु संग सहकार्य गरि अगाडी बढ्ने लगायतका कामहरुलाई बजेटमा प्राथमिकता दिईएको छ ।

कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा भद्रभलादमीहरु । फोटोः न्यूज टुडे

गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको अध्यक्षता तथा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख शिव नारायण साहको प्रमुख आतिथ्यमा आयोजित गाउँसभा उद्वघाटन समारोहमा जिल्ला समवन्य समितिका उपप्रमुख शम्भु कुमार यादव, पुर्व गाउँपालिका अध्यक्ष पर्शुराम चौधरी, महुली सामुदायिकका कार्यकारी निर्देशक प्रभुनारायण चौधरी, नेकपा माओवादी केन्द्रका बेचन प्रसाद चौधरी, एमालेका योगेन्द्र प्रसाद चौधरी,जसपाका कपिलदेव चौधरी, काँग्रेसका दुर्गा भट्टराई, इटहर्वा बजार व्यवस्थापन समितिका मिलन चौधरी, पाथिभरा कृषी सहकारी संस्थाका अध्यक्ष अशोक यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । शिक्षा शाखा संयोजक योगेन्द्र प्रसाद चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत अर्विन्द कुमार चौधरीले गरे । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीति दलका प्रतिनिधि, विभिन्न संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, पत्रकार, गापाका कर्मचारीहरु तथा सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।