• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

सप्तरी प्रिमियर लिगः खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी

सप्तरी प्रिमियर लिगः खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी

न्युज टुडे
राजविराज, ७ असार ।
सप्तरी क्रिकेट संघद्वारा संचालित सप्तरी प्रिमियर लिग अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा बजाज खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी भएका छन् ।

प्रतियोगिताको बिहिवारको खेलमा बजाज खडक वारियर्सले बलान बिहुल सुपर किंग्सलाई १ विकेट र छिन्नामस्ताले कन्चनरुलाई २५ रनले पराजित गर्दै जित हासिल गरेका हुन । पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न पहिलो खेलमा बलान बिहुलले दिएको १ सय ४४ रनको लक्ष्य खडक वारियर्सले २ बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गर्यो।बजाज खडक वारियर्सको ब्याटिंगमा तेश्रो नम्बरमा ब्याटिंग गरेका सन्दिप रजालीले सर्वाधिक ८१ रन बनाए। प्लेयर अफ द म्याच घोषित उनले ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। साहिल पटेल र अनिल यादवले समान १२ रन बनाए। दशौँ विकेटको लागि अनिल यादव र गोमानन्द अमात्य बीच २१ रनको अविजित साझेदारी हुँदा बलान बिहुल जितबाट बन्चित रह्यो ।

बलान बिहुलको बलिंगमा रोबिन सिंहले ३ तथा रुपेश सिंह र बसिर अहमदले २÷२ विकेट लिएता पनि जित्न पर्याप्त रहेन। यस अघि टस हारेर ब्याटिंग गरेको बलान बिहुलले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १ सय ४३ रन बनायो। उसको लागि बिसाल यादवले २४, कप्तान पवन सर्राफले २२, रोबिन सिंहले १५ तथा हसिम अन्सारीले १४ रन बनाए। खडक वारियर्सका बलर बिबेक यादवले ३ तथा अनिल खरेल र गोमानन्द अमात्यले १÷१ विकेट लिए।
प्रतियोगिताको दोश्रो खेलमा छिन्नमस्ता लायनले कन्चनरुप राइनोजलाई २५ रनले पराजित गर्यो। छिन्नमस्ताले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको कन्चनरुपले १८.४ ओभरमा ११८ रनमा सबै विकेट गुमायो। कन्चनरुपको लागि अमित यादवले ३९ र पप्पु यादवले २६ रन बनाए। छिन्नमस्ताका बलर इमरान शेखले ४ विकेट तथा कमल खत्रीले ३ विकेट लिए।

प्लेयर अफ द म्याच घोषित शेखले ४ ओभरमा २१ रन खर्चिए। पप्पु यादव, शरद भेसावकर र रेवती रोयले १÷१ विकेट लिए। यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १ सय ४३ रन बनायो। उसको लागि शुभ कंसाकार र हिमांशु दत्ताले समान ३५ रन बनाए। पप्पु यादवले १७ तथा राहुल मण्डलले १५ रन बनाए। कन्चनरुप राइनोजका बलर पप्पु यादवले ३ तथा राशिद खानले २ विकेट लिए। तिन वटै खेलमा शत प्रतिशत जितपछि बजाज खडक वारियर्स ६ अंक सहित अंकतालिकाको शिर्षमा छ। यस्तै ३ खेलमा दोश्रो जित पछि छिन्नमस्ता ४ अंक सहित दोश्रो स्थानमा छ। समान नतिजा र अंक सहित रुपनी राइडर्स नेट रन रेटको आधारमा तेश्रो स्थानमा छ। तेश्रो खेल खेल्दा दोश्रो हार पछि कन्चनरुप २ अंक सहित चौथो र समान नतिजा र अंक रहेको बलान बिहुल पाँचौ स्थानमा छ। सबै तिन खेलमा हार बेहोरेको राजविराज द किंग पुछारमा छ। प्रतियोगिता अन्तर्गत छैठौं दिन शुक्रबार पनि दुई खेल हुनेछन्। विहान ९ बजे सुरु हुने पहिलो खेलमा छिन्नमस्ता लायन्स र रुपनी राइडर्स तथा दिउँसो १ बजे सुरु हुने दोश्रो खेलमा बलान बिहुल सुपर किंग्स र राजविराज द किंग प्रतिस्पर्धा गर्नेछन्। सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा ६ पÞm्रेन्चाइज् टोलिको सहभागिता छ।