• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

कञ्चनरुप नगरपालिकाको आन्तरिक आम्दानी ११ महिनामा ४५ प्रतिशत मात्र

कञ्चनरुप नगरपालिकाको आन्तरिक आम्दानी ११ महिनामा ४५ प्रतिशत मात्र

राजकुमार साह
कञ्चनपुर, ७ असार ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले चालू आर्थिक वर्षको ११ महिनामा आन्तरिक आम्दानी (राजस्व ) ४५ प्रतिशत मात्र संकलन गर्न सकेको छ ।

पालिकाले चालु आर्थिक २०७९÷८०को लागि आन्तरिक आम्दानी (राजस्व ) बाट २ करोड ५ लाख ६३हजार ८ सय उठाउने लक्ष्य लिएकोमा ४५ प्रतिशत मात्र संकलन गर्न सकेको हो । आर्थिक वर्षको ११ महिनासम्ममा पालिकाले ९३ लाख ७९ हजार ९ सय ३२ रुपैयाँ (४५.६१) प्रतिशत आन्तरिक राजस्वबाट आम्दानी मात्र गर्न सकेको लेखा शाखाले जानकारी गरिएको छ ।
लेखा शाखाले दिएको जानकारीअनुसार पालिकाको १२ वडा मध्ये सबभन्दा बढी राजस्व वडा नम्बर ८ ले १५ लाख १९ हजार ४सय ३० रुपैयाँ उठाएको छ ,भने सबभन्दा कम राजस्व वडा नम्बर १० ले २ लाख ११ हजार ३ सय ५० रुपैयाँ उठाएका छन् । यसैगरी नगरपालिकाको कार्यालयले ३६ लाख ९ हजार ९ सय ७० रुपैयाँ ६९पैसा उठाएको छ । लेखा शाखाका अनुसार मालपोत असुली १५ लाख ४६ हजार २ सय १८रुपैयाँ, घर बहाल कर ५लाख ८४ हजार ७ सय ५५ रुपैयाँ ६९ पैसा, बहाल विटौरी २२ हजार ७ सय ८०, व्यबसाय रजिष्टेशन कर ५ लाख ६२ हजार ७ सय ७०रुपैयाँ, अन्य प्रशासनिक शुल्क १३ हजार ८ सय ४० रुपैयाँ, व्यक्तिगत घटना १ लाख ५७ हजार ४ सय राजस्व उठेको बताए । सिफारिस दस्तुर १२ लाख ५ हजार ४ सय ६३ रुपैयाँ, नाता प्रमाणित ६८ हजार ५ सय ३५ रुपैयाँ, अन्य दस्तुर २४ लाख ९० हजार ७६रुपैयाँ, शिक्षा सेवा शुल्क ३ हजार ३ सय ३५ रुपैयाँ ,बिज्ञापन शुल्क एक लाख ६५ हजार २ सय, नक्शा दस्तुर २ लाख ९२ हजार एक सय ८४ रुपैयाँ, घर नक्सा अभिलेखिकरण ४ लाख १५ हजार ८ सय ४ रुपैयाँ उठेको छ ।

त्यस्तै सरकारी सम्पत्ति वहालबाट प्राप्त आय ६७ हजार, न्याय समिति ÷ फर्म नविकरण ४८ हजार ६सय, घ वर्ग इजाजत तथा नविकरण २८ हजार एक सय ,सवारी साधनबाट आम्दानी ३लाख ५९हजार ,पोखरी ठेक्काबाट ७लाख ५९हजार ७सय ९६रुपैयाँ र हटिया ठेक्काबाट ५लाख ८९हजार ७६रुपैयाँ सहित ९३लाख ७९ हजार ९ सय ३२ रुपैयाँ राजस्व मात्र संकलन भएको शाखाले बताए । कञ्चनरुप पालिकाले ६वटा बिषय गत समिति गठन गरेको छ । राजस्व ब्यबस्थापन समितिका संयोजक उप–प्रमुख मुनाकुमारी पोखरेलका अनुसार उक्त समितिको संयोजक रहेपनी राजस्व संकलनको बारेमा कुनै जानकारी नरहेको बताइन् । राजस्व समिति लगायत गठन भएको मितिदेखि कुनै पनि समितिको हाल सम्म एक पटक पनि बैठक नबसेको कारण आगामी आर्थिक बर्ष २०८०÷ ८१ बजेट निर्धारित समयमा हुने सम्भावना कम रहेको बताए । गत आर्थिक बर्षको ११ महिनाको तुलनामा आन्तरिक आम्दानी ४२ प्रतिशतले कमि रहेको उनले जानकारी दिए । गत आर्थिक बर्ष २०७८÷७९को ११ महिनामा पालिकाको आन्तरिक आम्दानी ८७ प्रतिशत अर्थात १ करोड ७७ लाख २४ हजार ९ सय ९७ रुपैया संकलन गरेको लेखा शाखाले जनाएको छ । गत आर्थिकको तुलनामा ११ महिना सम्म उठेको राजस्व आम्दानीको ४२ प्रतिशतले कम रहेको उनको भनाइ छ । गतबर्ष आन्तरिक राजस्वबाट पालिकाले २ करोड ३ लाख ४८ हजार आमदानी गर्ने लक्ष्य लिएपनी आर्थिक बर्षको अन्तिम असारसम्ममा उदेश्यभन्दाबढी ८ प्रतिशत २ करोड ८६ लाख १२ हजार ९९ सय रुपैयाँ आम्दानी गरेको महालेखा परीक्षकको प्रतिबेदन २०७९ मा उल्लेख छ ।