• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

सप्तरी प्रिमियर क्रिकेट प्रतियोगितामा बलान बिहुल र बजाज खडक वारियर्सको विजयी

सप्तरी प्रिमियर क्रिकेट प्रतियोगितामा बलान बिहुल र बजाज खडक वारियर्सको  विजयी

न्यूज टुडे
राजविराज, ४ असार ।
सप्तरीको राजविराजमा संचालित सप्तरी प्रिमियर लिगको पाँचौ सिजन क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न दोश्रो दिनको खेलमा बलान बिहुल सुपर किंग्स र बजाज खडक वारियर्स विजयी भएको छ । रुपनी राईडर्सलाई ८ बिकेटले पराजित गर्दै बलानविहुल तथा छिन्नामस्ता लाईन्सलाई ३ विकेटले हराउदै खडकले विजयी हाँसिल गरेको हो । प्रतियोगिताको पहिलो खेलमा बलान बिहुल सुपर किंग्सले विजयी सुरुवात गर्ने क्रममा रुपनी राइडर्सलाई ८ विकेटले पराजित गरे । रुपनीले दिएको १ सय २८ रनको लक्ष्य बलान बिहुलले १६.३ ओभरमा २ विकेट मात्र गुमाएर भेटायो। बलान बिहुलको ब्याटिंगमा ओपनर हसिम अन्सारीले सर्वाधिक ४४ रन बनाए जुन क्रममा ३१ बलमा १ चौका र ४ छक्का प्रहार गरे।

अर्का ओपनर बिशाल यादवले ३६ रन बनाउदा कप्तान पवन सर्राफले अविजित ३० तथा बसिर अहमदले अविजित १६ रन बनाए। पवन र बसिरले तेश्रो विकेटको लागि अविजित ४१ रनको साझेदारी गरे।
खराब आउटफिल्डका कारण ढिला सुरु भएपछि १७ ओभरमा छोट्याएर खेलाइएको खेलमा टस जितेर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १ सय २७ रन बनायो। उसको लागि अरनिको यादवले सर्वाधिक ४२ रन तथा भोला शाहले ३० रन योगदान दिए। बलान बिहुलको बलिंगमा प्लेयर अफ द म्याच समेत घोषित बसिर अहमद र रुपेश सिंहले ३÷३ तथा श्रवण यादव र रोबिन सिंहले १÷१ विकेट लिए। दोश्रो खेलमा बजाज खडक वारियर्सले छिन्नमस्ता लायन्सलाई ३ विकेटले पराजित गर्यो। छिन्नमस्ताले दिएको १ सय २४ रनको लक्ष्य खडक वारियर्सले ७ विकेट गुमाएर १६.५ ओभरमा भेटायो।
खडक वारियर्सको लागि सन्दिप रजालीले सर्वाधिक ४० रन बनाए जुन क्रममा उनले मात्र १८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। कप्तान बिबेक यादवले २३, साहिल पटेल र विशाल सुस्लि·्ले समान १६ रन बनाए।

छिन्नमस्ताका बलर कमल खत्री र नितेश यादवले २÷२ विकेट लिए। यस अघि टस जितेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १ सय २३ रन बनायो। उसको लागि ओपनर इमरान शेखले सर्वाधिक ३६ रन, हिमांशु दत्तले १८ रन तथा कप्तान शरद भेसावकरले १० रन योगदान दिए।
खडक वारियर्सका फास्ट बलर दिनेश अधिकारी एक्लैले ५ विकेट लिए जुन क्रममा ४ ओभरमा २७ रन खर्चिए। अधिकारी प्लेयर अफ द म्याच घोषित भए। अनिल खरेल र अनिल यादवले १÷१ विकेट लिए। प्रतियोगिता अन्तर्गत तेश्रो दिन मंगलबार पनि दुई वटा खेल हुनेछन्। दिनको पहिलो खेलमा विहान ९ बजे छिन्नमस्ता लायन्स र राजविराज द किंग तथा दिउँसो १ बजे दोश्रो खेलमा कन्चनरुप राइनोज र बलान बिहुल सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्। सप्तरी प्रिमियर लिगको आयोजनामा जारि प्रतियोगितामा सप्तरीका ६ वटा पÞm्रेन्चाइज् टिमको सहभागिता रहेको सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले जानकारी दिए।