• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

डाक्नेश्वरी नगरपालिकामा सेनिटरी प्याड खरिदमा अनियमितता

डाक्नेश्वरी नगरपालिकामा सेनिटरी प्याड खरिदमा अनियमितता

न्यूज टुडे
राजविराज, ४ असार ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाले सेनिटरी प्याड खरिदमा मनपर्दी गरेको पाएको छ । नगरपालिकाले आबश्यकता भन्दाबढी सेनिटरी प्याड खरिद गरि आर्थिक अनियमितता गरेको हो ।

महालेखा परिक्षकको प्रतिबेदन २०७९ अनुसार आबश्यकभन्दा बढी प्याड खरिद गरि लाखौं रकम अनियमितता गरेको ठहर गरेको छ । सामुदायिक विद्यालयका अध्यानरत कक्षा ६ देखि माथिका छात्राहरुका लागि निशुल्क सेनिटरी प्याड वितरणका लागि गोश्वारा भौचर नम्बर ८९।२०७९।३।२४ बाट यस बर्ष पालिकाले २४ लाख ९७ हजार १ सय ८ भ्याट सहित श्री मुकेश एण्ड अंशु कन्सट्रक्शन उण्ड ट्रेडि· प्रालिलाई भुक्तानी दिएको देखिएको प्रतिबेदनमा उल्लेख छ । नगरपालिकाले कमिसनको लागि विद्यालयको मागसंख्या भन्दाबढी प्याड खरिद गरि लाखौ भ्रष्टाचार गरेको महालेखाको प्रतिबेदन उल्लेख गरिएको छ ।

सेनिटरी प्याड व्यवस्थापन कार्यविधि २०७६ अनुसार विद्यालयको माग संख्याको आधारमा पालिकाले खरिद गर्नुपर्ने व्यवस्था छ , कक्षा ६ देखि माथी अध्यानरत छात्राहरुको संख्या सत्यापन तथ्यांकको आधारमा २ हजार ६३ रहेको छ, महालेखाको प्रतिबेदनमा भनिएको छ, प्रति छात्रा १२ महिनाको जम्मा २४ हजार ७ सय ५६ परिणाम प्याकेट आबश्यक पर्नेमा यस बर्ष पालिकाले ३५ हजार ७ सय प्याकेट खरिद गरेको छ । सत्यापन तथ्यांकलाई आधार मान्दा १० हजार ९ सय ४४ परिणाम प्रति प्याकेट ६१।९ का दरले भ्याटसहित ७ लाख ६५ हजार ५ सयको बढी खरिद गरेको देखिन्छ । यसरी बढी परिणाम माग गरी खरिद गर्ने परिपाटीमा नियन्त्रण गर्ने तर्फ पालिकाले ध्यान नदिई मनपर्दी गरेको छ । नगरपालिकाले खरिद गरेको प्याड सम्बन्धित लाभग्राहीलाई वितरण नगरेकोले वितरण गरेको प्रमाण पेश गर्नुपर्ने प्रतिबेदनमा भनिएको छ ।

नगरपालिकाले नक्कली खरिद गरि भ्रष्टाचार गरेको प्रतिबेदनमा आशंका गरिएको छ । जिन्सी खातामा परिक्षण गर्दा अझैपनी पालिकाले ३५ हजार ७ सय प्याकेट प्रतिप्याकेट ६१.९ को दरले कुल रकम भ्याट सहित २४ लाख ९७ हजर १ सय ८ बराबरको सेनिटरी प्याट गरिद गरेको देखिन्छ, महालेखा प्रतिबेदन २०७९ मा भनिएको छ, समयमै खरिद गरी सम्बन्धित विद्यालयहरुले आप्mनो जिन्सी खातामा आम्दानी बाँधेर र विद्यार्थीहरुलाई वितरण गरेको प्रमाण पेश गर्नुपर्नेछ ।