• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

असार ३ देखि ‘मेयर कप सप्तरी प्रिमियर लिग’ क्रिकेट प्रतियोगिता हुने

असार ३ देखि ‘मेयर कप सप्तरी प्रिमियर लिग’ क्रिकेट प्रतियोगिता हुने

न्यूज टुडे
राजबिराज, १ असार ।
सप्तरीको राजविराजमा असार ३ देखि ‘मेयर कप सप्तरी प्रिमियर लिग सिजन पाँचौ ०८० क्रिकेट प्रतियोगिता’ हुने भएको छ। राजविराज नगरपालिकाले पाँचौं संस्करणको प्रतियोगिता आयोजना गर्ने भएको हो ।

असार ३ गते आईतवार पब्लिक माध्यमिक विद्यालय राजबिराजको खेलमैदानमा बिहान ९ बजे वाट प्रतियोगिताको शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिता बजाज खडक वारियर, रूपनी राईडर्स, बलान बिहुल सुपर किंगस, कंचनरूप राईनो, छिन्मस्ता दर्शन, राजबिराज दि किंग सहित ६ टिमले सहभागिता रहने सप्तरी क्रिकेट संघको चन्दन कुमार यादवले बताए । प्रतियोगिताका लागि ‘अक्सन’का माध्यमबाट खेलाडी छनोट गरिएको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए।

उनका अनुसार अक्सनका लागि कुल १७२ खेलाडिले आवेदन दिएका थिए भने तीमध्ये ८५ जनालाई विभिन्न टिमले खरिद गरेका छन। संस्करणको प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीको सहभागी रहने भएकाले अघिल्ला संस्करणहरु भन्दा धेरै रोचक हुने आयोजकले अपेक्षा गरेको छ । राजबिराज स्थित पबिमाबि खेलमैदानमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी अन्तिम अबस्थामा रहेको सप्तरी क्रिकेट सँघले जनाएको छ।