• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

वडा अध्यक्षले प्रक्रिया विपरीत उपभोत्ता समिती गठन गरेको आरोप

वडा अध्यक्षले प्रक्रिया विपरीत उपभोत्ता समिती गठन गरेको आरोप

न्यूज टुडे
राजविराज, २९ जेठ ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरीले प्रक्रिया विपरीत उपभोक्ता समिति गठन गरेको स्थानीयले आरोप लगाएका छन् ।

प्रदेश सरकारको बजेटबाट मट्टीगढा पुर्वटोलमा ढल तथा सडक निर्माण उपभोक्ता समिती गठन गर्दा कोठामा बसेर निर्णय लेखेर गाउँमा घुमेर हस्ताक्षर गराएको भन्दै उनिहरुले आरोप लगाएका हुन । प्रदेश सरकारको २५ लाखमा ढल तथा सडक निर्माणको कार्यको लागि वडा अध्यक्षको अध्यक्षतामा कोठामा निर्णय लेखी घरघरमा हस्ताक्षर गराएको स्थानीय रमेश चौधरीले बताए । मोटो कमिसन कुम्याउने योजना तहत  आफ्ना –आसेपासेलाई उपभोक्ता समितिमा राखी प्रक्रिया मिचेर वडा अध्यक्ष चौधरीले समिति गठन गरेको उनले आरोप लगाए । वडा अध्यक्षको कर्तुत थाहा पाएपछि पारदर्शी रुपमा समिति गठन गर्नुपर्ने माग राखी गाउँपालिकामा निवेदन दिदा कुनै सुनुवाइ नभएको उनले गुनासो गरे ।

अग्निसाईर कृष्णासवरन गाउँपालिका ३ का पुर्व वडा अध्यक्ष तथा पालिका सुधार सुझाव संघर्ष समितीका संयोजक अरुण कुमार चौधरीले अबैधानिक बाटोबाट गरिएको उपभोक्ता समितिलाई बैधता नदिन आग्रह गर्दा–गर्दै गाउँपालिकाले सुटुक्क समिति दर्ता गराएको बताए । विधि र प्रक्रिया बमोजिम सार्वजनिक बैठक बोलाएर समिति गठन भएन, चौधरीले भने, त्यही विषयलाई लिएर आइतबार कार्यालयअबधि भर अबैधानिक कार्य रोक्न खबरदारी गरे, दिनभरी नभएको उपभोक्ता समिति रातरात दर्ता भयो । संयोजक चौधरीले जनप्रतिनिधि र कर्मचारीकै मिलोमतोमा गलत क्रियाकलाप हुने गरेको भन्दै आक्रोश पोखे ।

गुणस्तरीय विकासको कार्य हुनुपर्छ भन्नेमा कसैलाई चासो छैन, उनले भने, कसरी बढी कमिसन आउने भन्ने खेलमा जनप्रतिनिधिदेखि कर्मचारी सबै लागेको छ । उनले गाउँपालिकामा भएको अनियमितता, बेतिथी विरुद्ध स्थानीय जनता, राजनीति दल, संचारकर्मी, भद्रभलादमी बुद्धिजीवी बर्गलाई आग्रह समेत गरेका छ्न । वडा अध्यक्ष चौधरीले उपभोक्ता समिति गठन प्रक्रिया विपरित भएको आरोप निराधार रहेको बताए । उनले सार्वजनिक भेलाबाट नै उपभोक्ता समिति गठन भएको दावी गरे ।