• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

रुपनी गाउँपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रममा मनपर्दी

रुपनी गाउँपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रममा मनपर्दी

न्यूज टुडे
राजविराज, २९ जेठ ।
सप्तरीको रुपनी गाउँपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रममा मनपर्दी गरेको खुलासा भएको छ ।

गाउँपालिकाले सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ विपरीत लाखौं बजेट दुरुपयोग गरेको महालेखा परीक्षकको प्रतिबेदन २०७९ ले ठहर गरेको हो । सुरक्षित नागरिक आवास कार्यान्वयन २०७५ को ५(घ) मा संघीय आयोजना कार्यान्वयन ईकाइ÷सघन शहरी तथा भवन निर्माण आयोजनाले सिफारिस गरेको बैंकमा सम्बन्धित लाभग्राहीहरुले खाता खोल्न पर्ने तथा संघीय आयोजना कार्यान्वयन ईकाइ÷सघन शहरी तथा भवन निर्माण आयोजनाले बैंक मार्फत लाभग्राहीहरुको खातामा रकम उपलब्ध गराउनु पर्ने व्यवस्था छ, महालेखाको प्रतिबेदनमा भनेको छ, पालिकाले मिति २०७९।०३।१७ गते गाउँपालिका अध्यक्षको अध्यक्षतामा बसी सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत १ सय ५० घरधुरीलाई कुल पाउने अनुदान रकमको ६० प्रतिशत रकम प्रत्येक वडाबाट २५।२५ घरधुरीलाई छनौट गरी सम्बन्धित लाभग्राहीलाई बैंक मार्फत रकम बुझाउने गरि २०७९।०४।०३ गते ४५ लाख ग्लोबल आई. एम. ई. सप्तरी शाखालाई भुक्तानी गरेको छ ।

महालेखाको प्रतिबेदन अनुसार कार्यक्रमको उपयोगीता नभएको उल्लेख गरिएको छ । अनुदान रकमको उपयोगिता सम्बन्धमा पालिकाबाट यथोचित समयमा अनगुमन तथा सुपरिवेक्षण गरी उपलब्धि सुनिश्चित गर्न महालेखाको प्रतिबेदनमा गाउँपालिकालाई सुझाव दिएको छ ।