• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

उद्योगी–व्यवसायीले घरभाडा तिर्ने सक्ने अबस्था छैनः अध्यक्ष अग्रवाल

न्यूज टुडे
राजविराज, २६ जेठ ।
सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु अग्रवालले आर्थिक मन्दीका कारण उद्योगी–व्यवसायीले घरभाडासम्म तिर्न सक्ने अवस्था नरहेको बताएक छन् ।

शुक्रबार पत्रकारसंग कुराकानी गर्दै उनले उघोगी व्यावसायीको अवस्था दयनीय भइसकेकोले केही समयका लागि बाँकी बक्यौंता र घरभाडामा सहुलियत गरिदिन घरधनीहरुसँग आग्रह गरेको हो । उनले घरभाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका जिल्लाका अधिकांश उद्योगी–व्यवसायीलाई भाडा तिर्न समेत समस्या हुँदै आएको बताए । ‘हाल आर्थिक मन्दी र बैंकको बढ्दो ब्याज दरले यहाँका उद्योगी–व्यवसायी अत्यन्तै समस्याबाट गुज्रिरहेका छन्’ उनले भने, ‘एकातिर उद्योग–व्यवसाय राम्ररी चलेको छैन, अर्कोतिर बैंकको ब्याजदर बढ्दो छ ।’
हाल यहाँका अधिकांश उद्योगी–व्यवसायीलाई घरभाडा तिर्नेसम्म अवस्था नरहेको उनले दुखेसो पोखे । व्यवसायीहरुले ‘कर्मचारीको तलब दिन सकिरहेका छैनन्, उनले भने, बाँकी बक्यौंता र घरभाडा तिर्न कम्तिमा ६ महिनाको लागि समय दिन सम्पूर्ण घरधनीसँग आग्रह छ ।’ अध्यक्ष अग्रवालले आर्थिक तनाव झेल्न नसकेर कतिपय उद्योगी–व्यवसायी पलायन भइसकेको र कतिपय पलायन हुने अवस्थामा पुगिसकेको बताए । ‘सहनसक्ने ठाउँ छ भन्ने बाँकी बक्यौंतामा २५ प्रतिशत राहत गरिदिन पनि आग्रह गर्दछु,उनले भने, अनि मात्रै केही हदसम्म उद्योगी–व्यवसायीलाई राहत हुनेछ’

अग्रवालले खुल्ला सीमानाका कारण अहिले १० प्रतिशत मात्रै उपभोक्ता किनमेल गर्न आइरहेको पनि बताए । ‘खुल्ला सिमानाले हाल ९० प्रतिशत उपभोक्ताहरु पारी गएर नै किनमेल गर्छन्, जसका कारणले यहाँका व्यापार चौपट भएको छ, ३ महिनायता डेढ सयबढी पसलहरु बन्द भइसक्यौं’ अध्यक्ष अग्रवालले भने, ‘यही अवस्था रहिरह्यो भन्ने अबको दिनमा अन्य पसलहरु बन्द हुने निश्चित छ ।’ उनले उद्योगी–व्यवसायीहरुलाई बस्ने वातावरण मिलाइ सहयोग गरिदिन स्थानीय प्रहरी–प्रशासनदेखि सम्पूर्ण सरोकारबालासँग आग्रह गरे ।