• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

कञ्चनरुपले एक वर्षमा गरे ३ करोड भन्दा बढी अनियमितताः २ करोडबाट शुरू भएको ४८ करोडमा पुगे

कञ्चनरुपले एक वर्षमा गरे ३ करोड भन्दा बढी अनियमितताः २ करोडबाट शुरू भएको ४८ करोडमा पुगे

राजकुमार साह
कञ्चनपुर,२५ जेठ ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले एक वर्षमा झन्डै ३करोड २७ लाख ९३हजार रुपैयाँ अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिबेदन २०७९ ले कर्मचारी र जनप्रतिनिधिहरुको मिलोमतोमा करोडौं रकम अनियमितता गरेको ठहर गरेको हो ।

पालिकाले उक्त रकम सम्बन्धमा प्रतिक्रिया उपलब्ध नगराईएकोले बाँकि बेरुजु असुल गर्नुपर्ने ८८लाख ९१ हजार ,प्रमाण कागजात पेश गर्नुपर्ने एक करोड ९५ लाख ८० हजार, नियमित गर्नुपर्ने २लाख ३३ हजार र पेश्की बाँकि ४० लाख ९९ हजार रहेको प्रतिबेदनमा उल्लेख छ । कञ्चनरुप नगरपालिकाको गतवर्ष सम्मको ४५ करोड ३७ लाख ६५ हजार सहित हालसम्मको ३ करोड २७ लाख ९३ हजर अधावधिक गरि ४८ करोड ६५ लाख ५८ हजार रुपैयाँ पालिकाले अनियमित खर्च गरेको महालेखा परिक्षकको प्रतिबेदनले ठहर गरेको छ । २०७७ को साउन १गतेदेखि २०७८को कार्तिक ९गतेसम्म कार्यालय प्रमुखको जिम्मेवारी नवराज खड्काले सम्हालेका थिए भने, २०७८ कार्तिक १० गतेदेखि हालसम्मको कार्यालय प्रमुख रेणुका साह छिन् । त्यसैगरि २०७७ साउन १गतेदेखि हालसम्मको लेखा प्रमुख राजेशकुमार राज रहेको समय अबधिमा झन्डै ३करोड २७ लाख ९२ हजार ६सय ९८.०८ पैसाको अनियमितता गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७४÷७५ को लेखापरीक्षण बमोजिम २ करोड एक लाख ९६ हजार रुपैयाँ पालिकाको बेरुजु थियो भने आर्थिक बर्ष २०७८÷७९ सम्ममा दिन दुईगुणा रात चारगुणाको दरले बढेर हालसम्म ४८ करोड ६५ लाख ५८ हजार रुपैयाँ अनियमितता पालिकाले गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ । पालिकाले उक्त रकम सम्बन्धमा प्रतिक्रिया उपलब्ध नगराईएकोले बाँकि बेरुजु असुल गर्नुपर्ने ८८ लाख ९१ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने एक करोड ९५ लाख ८० हजार ,नियमित गर्नुपर्ने २लाख ३३ हजार र पेश्की बाँकि ४० लाख ९९ हजार रहेको प्रतिबेदनमा उल्लेख छ । कंचनरुप नगरपालिकाको हालसम्मको बेरुजु असुल गर्नुपर्ने ४८ करोड पुकेको महालेखा परिक्षकको प्रतिबेदनमा जनाएको छ ।