• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

रुपनी गाउँपालिकाको खानाखाजा खर्च बार्षिक २० लाखभन्दा बढी

रुपनी गाउँपालिकाको खानाखाजा खर्च बार्षिक २० लाखभन्दा बढी

न्यूज टुडे
राजविराज, २२ जेठ ।
सप्तरीको रुपनी गाउँपालिकाले खानाखाजामा मनपर्दी खर्च गरेको छ । महालेखा परीक्षक प्रतिबेदन अनुसार गाउँ पालिकाले बार्षिक २० लाखभन्दा बढी खानाखाजा खर्च गरेको खुलासा भएको हो ।

गाउँपालिकाले खानाखाजामा बार्षिक २० लाख ३६ हजार ३ सय ५ रुपैयाँ खर्च गरेको महालेखा परिक्षकको प्रतिवेदन २०६९ मा उल्लेख छ । गाउँपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ (५) विपरीत मनपर्दी खर्च गरेको भन्दै नियन्त्रण गर्न भनिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ (५ ) अनुसार खर्चको पुष्ट्याई हुने प्रमाण, कागजात संलग्न गरेर मात्र खर्च लेख्नुपर्ने व्यवस्था छ, प्रतिबेदन भनिएको छ, गाउँपालिकाले यो बर्ष विविध खर्च बापत २० लाख ३६ हजार ३ सय ५ खर्च गरेको छ ,प्रतिवेदनमा थपिएको छ, उक्त खर्च गाउँपालिकाको कुल आन्तरिक आय ८२ लाख, ३९ हजार ८ सय १७ को तुलनामा २४. ७१ प्रतिशत रहेको देखिन्छ । यस्तो खर्च खाना खाजामा लगायतमा खर्च हुने गरेको देखिन्छ ।

प्रतिवेदनअनुसार कानुनी रुपमा मितव्यायी रुपमा खर्च नगरी प्रयोजन र औचित्यता तथा आधार पुष्टि नहुने गरि खर्च गरेको छ । कानुनी रुपमा मापदण्ड तोकेर मितव्यायी रुपमा खर्च गर्न सकिने भएपनि पालिकाले यस्तो खर्चमा कुनै मापदण्ड विकास नगरेको, विल, विजक, भौचर साथ राख्ने गरेतपनी प्रयोजन र औचित्यता तथा आधार पुष्टि गर्ने नगरेको जस्ता कमिकमजोरी देखिएको छ, प्रतिबेदनमा भनिएको छ, विविध खर्चको उदेश्य र खर्चको यथार्थता प्रमाणित नहुने गरि भुक्तानी दिने कर्मचारीलाई जिम्मेवार बनाउदै यस्तो खर्च नियन्त्रण गर्नुपर्दछ ।