• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १ जण्डोललाई

प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १ जण्डोललाई

न्यूज टुडे
राजविराज, १७ जेठ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाद्वारा संचालित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १ जण्डोलले कब्जा गरेको छ ।

कार्यक्रममा शुभकामना मनतव्य व्यक्त गर्दै मधेश प्रदेशका स्वस्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंह। फोटोः न्यूज टुडे

माध्यमिक विद्यालय जण्डोलको खेलमैदानमा बुधबार सम्पन्न फाईनल खेलमा वडा नम्बर ४ लाई ०– ४ गोलले पराजित गर्दै अध्यक्ष कपको उपाधि हात पारेको हो । ९० मिनेटको खेलको पहिलो हापमा विजेता टिमका तर्फबाट जर्सी नम्बर ११ का अभिषेक चौधरीले १ गोल गर्दै टिमलाई अगाडि बढाएका थिए । खेलको दोश्रो हापमा विजेता टिमका जर्सी नम्बर १३ का विकास चौधरीले गोल गरे  ।

उपविजेता टिमका खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै जिसस प्रमुख साह । फोटोः न्यूज टुडे

यसैगरी जर्सी नम्बर १४ का निरज चौधरीले २ गोल गरे । कार्यक्रममा विजेता तथा उपविजेता टिमलाई मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंह र जिल्ला समवन्य समिति सप्तरीका प्रमुख शिव नारायण साहले खेलाडीहरुलाई नगद, प्रमाणपत्र, शिल्ड ,मेडल प्रदान गरे । कार्यक्रममा मन्त्री सिंहले नगद ४० हजार, शिल्ड प्रमाणपत्र र मेडल हस्तान्तरण गरे भने उपविजेता टिमलाई जिसस प्रमुख साहले नगद २५ हजार कप मेडल प्रमाणपत्र हस्तान्तरण गरे ।

शिल्ड परिक्रमा गर्दै प्रमुख अतिथि मन्त्री सिंह सहित अतिथि गणहरु । फोटोः न्यूज टुडे

अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको अध्यक्षतामा आयोजित फुटबल खेल समापन समारोहमा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख शिव नारायण साह, कन्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता, अग्नीसाईर कृष्णासवन गाउँपालिकाका पुर्व अध्यक्ष पर्शुराम चौधरी, उपाध्यक्ष कल्पना कुमारी चौधरी, इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक कुमार राय, अग्नीसाईर कृष्णासवन गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सबजुल खलिफा, २ का पशुपति प्रसाद चौधरी, ३ का गोपाल प्रसाद चौधरी, ४ का अध्यक्ष तेज नारायण यादव, ५ का अध्यक्ष सबदुल मियाँ, ६ का अध्यक्ष अशोक आचार्य, सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प सितापुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक धर्म बहादुर थापा, ईलाका प्रहरी कार्यालय महुलीका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक सुमन महात्मान गिरि लगायतका उपस्थिति रहेको थियोे । गाउँपालिकाका प्रशासन शाखा प्रमुख योगेन्द्र प्रसाद चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत अर्विन्द कुमार चौधरीले गरे ।

अध्यक्ष कप फुटबल प्रतियोगिता समापन समारोहमा मन्चासिन प्रमुख अतिथि सहित अतिथि गणहरु । फोटोः न्यूज टुडे

प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ६ वटैवडाबाट सहभागी रहेका थियो ।