• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सिटिजन बैंकद्वारा ८० जना विपन्न, दलित बालबालिकालाई व्याग वितरण

सिटिजन बैंकद्वारा ८० जना विपन्न, दलित बालबालिकालाई व्याग वितरण

राजकुमार साह
कञ्चनपुर, १६ जेठ  ।
सप्तरीको कंचनरुप नगरपालिका स्थित रहेको सिटिजन बैंक शाखा कञ्चनपुरले विपन्न बालबालिकाहरुलाई ब्याग वितरण गरेको छ।

सामाजिक उतरदायित्व कार्यक्रम अन्त्तर्गत कञ्चनरुप नगरपालिका –५ स्थित रहेको भगवती राष्ट्रिय प्राथमिक बिधालय पथरी, पिप्रा पुर्वका ८० जना विपन्न, दलित बालबालिकाहरुलाई मंगलवार एक कार्यक्रम बिच ब्याग वितरण गरिएको हो । सिटिजन बैंक कञ्चनपुर शाखाका प्रमुख शंकर कुमार साहले बैंकको निति तथा कार्यक्रम अन्तर्गत हरेक आर्थिक वर्षमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ८० जना विपन्न ,दलित बालबालिकाहरुलाई ब्याग बितरण गरेको बताए ।

कार्यक्रममा सिटिजन बैंकको मधेश प्रदेशका एरिया इन्चार्ज प्रकाश नेपाल, कर्मचारीहरु सञ्जय महतो, जिबनारायण यादव लगायतको उपस्तिथि थियो।