• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

अध्यक्ष कप फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा वडा नम्बर २ सितापुर विजयी, वडा नम्बर ४ र वडा नम्बर ५ बराबरी

अध्यक्ष कप फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा वडा नम्बर २ सितापुर विजयी,  वडा नम्बर ४ र वडा नम्बर ५ बराबरी

न्यूज टुडे
राजविराज, १३ जेठ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाद्वारा संचालित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा वडा नम्बर २ सितापुर विजयी भएको छ।

ठाकुरजी माध्यमिक विद्यालय जण्डौलको खेलमैदानमा शनिबार विहान भएको खेलमा वडा नम्बर ६ महुलीलाई १–३ गोलले पराजित गर्दै सितापुरले जित हाँसिल गरेको हो । दुबै टिम विच कडा प्रतिस्पर्धा रहेको खेलको पहिलो हापमा विजेता टिमका जर्सी नम्बर १५ का दिपु कुमार चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको दोश्रो हापमा जर्सी नम्बर १५ कै दिपु कुमार चौधरीले दोश्रो गोल गरे भने जर्सी नम्बर ११ का सुरज कुमार रामले १ गोल थपेपछी २ नम्बर वडा सितापुरको जित सुनिश्चित गरेको थिए । वडा नम्बर ६ का टिम आक्रमक रुपमा प्रस्तुत भएपनि १ गोल मात्र फर्काउन सफल हुन सकेको वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवले जानकारी दिए । वडा नम्बर ६ का जर्सी नम्बर ८ का भक्त बहादुर भुजेलले टिमका लागि सान्त्वना गोल गरे । शुक्रबार सम्पन्न उदघाटन खेलमा वडा नम्बर १ जण्डोलले सितापुरलाई ० –३ गोलले पराजित गरेका थिए ।

वडा नम्बर ४ र वडा नम्बर ५ का फुटबल खेलाडीहरु फोटोः न्यूज टुडे

यसैगरी शनिबार साँझ सम्पन्न दोश्रो खेलमा वडा नम्बर ४ प्रशवनी र वडा नम्बर ५ बकधुवा बराबरी भएका छन् । वडा नम्बर ४ का जर्सी नम्बर ९ का मुकेश चौधरीले खेलको पहिलो हापको ५ मिनेटमा १ गोल गरि टिमलाई अग्रता दिलाए  । वडा नम्बर ५ का जर्सी नम्बर १०का पंकज चौधरीले खेलको अन्तिम समयमा ५ मिनेट रहदा १ गोल फर्काउन सफल भएपछि दुबै टिमविचको खेल बराबरीमा सकिएको थियो । शुक्रबार भएको खेलमा वडा नम्बर ४ ले वडा नम्बर ३ लाई १ – ३ गोलले पराजित गरेका थिए । पालिकाका विभिन्न वडाबाट उत्कृष्ट खेलाडी छनौट गरि गाउँपालिका स्तरीय टिम बनाउने उदेश्यले अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले जानकारी दिए ।