• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १ जण्डोल विजयी, दोश्रो खेलमा वडा नम्बर ४ को जित

अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १ जण्डोल विजयी, दोश्रो खेलमा वडा नम्बर ४ को जित

न्यूज टुडे
राजविराज, १२ जेठ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाद्वारा संचालित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको उदघाटन खेलमा वडा नम्बर १ जण्डोल विजयी भएको छ।

ठाकुरजी माध्यमिक विद्यालय जण्डौलको खेलमैदानमा शुक्रबार सम्पन्न उदघाटन खेलमा वडा नम्बर २ सितापुरलाई ०–२ गोलले पराजित गर्दै जण्डोल विजयी भएको हो ।
दुबै टिम विच कडा प्रतिस्पर्धा रहेको खेलको पहिलो हापमा विजेता टिमका जर्सी नम्बर ११ का अभिषेक चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको दोश्रो हापमा जर्सी नम्बर २ का निरज चौधरीले १ गोल थपेपछी १ नम्बर वडा जण्डोलले जित सुनिश्चित गरेको थिए । वडा नम्बर २ का टिम आक्रमण रुपमा प्रस्तुत भएपनि गोल गर्न सफल हुन नसकेको गाउँपालिकाका प्रशासन प्रमुख योगेन्द्र प्रसाद यादवले जानकारी दिए । विहान ८ बजे देखि सुरु भएको खेलमा वडा नम्बर १ का अध्यक्ष सबजुल खलिफा, २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, ३ का अध्यक्ष गोपालप्रसाद चौधरी, ४ का अध्यक्ष तेज नारायण यादव, पत्रकार बृजमान तामाङ लगायतका स्थानीय जनप्रतिनिधि र शिक्षक बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

यसैगरी शुक्रबार सम्पन्न दोश्रो खेलमा वडा नम्बर ४ प्रशवनीले जित हासिल गरेको छ । वडा नम्बर ३ हरिहरपुरलाई १ –४ गोल अन्तरले पराजित गर्दै प्रशवनी विजयी भएको आयोजकले जनाएको छ । वडा नम्बर ४ का जर्सी नम्बर ३ का दुर्गानन्द चौधरीले २ गोल, जर्सी नम्बर ४ का करण सरदारले १ गोल र जर्सी नम्बर ७ का अर्विन्द चौधरीले १ गोल गरे । वडा नम्बर ३ का जर्सी नम्बर ९ का रघुनन्दन चौधरी १ गोल फर्काउन सफल भएका थिए । पालिकाका विभिन्न वडाबाट उत्कृष्ट खेलाडी छनौट गरि गाउँपालिका स्तरीय टिम बनाउने उदेश्यले अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्विन्द कुमार चौधरीले जानकारी दिए ।