• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

अग्नीसाईर कृष्णासवरन गाउँपालिकाद्वारा संचालित अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

अग्नीसाईर कृष्णासवरन गाउँपालिकाद्वारा संचालित अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

न्यूज टुडे
राजविराज, ११ जेठ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाद्वारा संचालित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० सुरु भएको छ ।

अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको अध्यक्षता तथा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख शिव नारायण साहको प्रमुख आतिथ्यमा बिहिवार आयोजित एक समारोहका विच फुटबल प्रतियोगिताको उद्घाटन गरिएको हो । अग्नीसाईर कृष्णासवरन गाउँपालिका १ स्थित ठाकुरजी माध्यमिक विद्यालय जण्डोललको खेलमैदानमा संचालित प्रतियोगिताको प्रमुख साहले पानसमा वत्तीबालेर उद्घाटन गरे ।

प्रतियोगिता उद्घाटन समारोहमा मन्चासिन जिसस प्रमुख साहसहित अतिथिगणहरु । फोटोः न्यूज टुडे

प्रतियोगिता उदघाटन समारोहमा कंचनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका पुर्व अध्यक्ष पर्शुराम चौधरी, गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरी, वडा नम्बर १ का अध्यक्ष सबजुल खलिफा, २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, ४ का अध्यक्ष तेज नारायण यादव, ५ का अध्यक्ष सबदुल मियाँ, ६ का अध्यक्ष अशोक आचार्य लगायतका जनप्रतिनिधिहरु, पार्टी प्रतिनिधिहरु लगायतका स्थानीय भद्रभलादमी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

मैत्रीपुर्ण खेलमा सहभागी खेलाडीसंग परिचय गर्दै प्रमुख अतिथि तथा अतिथिगणहरु । फोटोः न्यूज टुडे

अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका प्रशासन शाखा प्रमुख योगेन्द्र प्रसाद यादवद्वारा संचालित कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत अर्विन्द कुमार चौधरीले गरे । उद्घाटन पछि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी विच मैत्रीपुर्ण खेल भएको थियो । गाउँपालिकाको ६ वटैवडाबाट सहभागी हुने अध्यक्ष कप फुटबल प्रतियोगिताको पहिलो खेल शुक्रबारदेखि सुरु हुने वडा नम्बर ६ का अध्यक्ष अशोक आचार्यले जानकारी दिए । बिहिवार जनप्रतिनिधि र कर्मचारी विच सम्पन्न मैत्रीपुर्ण खेल बराबरीमा टुंगिएको स्थानीय पत्रकार रामनाथ चौधरीले जानकारी दिए । हावाहुरीसंगै परेको पानीका कारण खेल प्रभावित हुन पुगेको उनले जानकारी दिए ।