• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

बैंकहरुको मौद्रिक नीति विपरीत क्रियाकलापले उद्योग व्यवसाय धमाधम बन्द हुदैछः अध्यक्ष अग्रवाल

बैंकहरुको मौद्रिक नीति विपरीत क्रियाकलापले उद्योग व्यवसाय धमाधम बन्द हुदैछः अध्यक्ष अग्रवाल

न्यूज टुडे
राजविराज, ८ जेठ ।

सप्तरी उधोग वाणिज्य संघ राजविराजका अध्यक्ष लालुप्रसाद अग्रवालले मौद्रिक नीति विपरीत वित्तीय क्षेत्रले गरेको क्रियाकलापले आर्थिक मन्दी तथा आर्थिक तरलता उत्पन्न हँुदा उद्योग व्यवसाय धमाधम बन्द हुँदै गएको बताएका छन् ।

संघले राजविराज स्थित आप्mनै सभाहलमा सोमबार गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । अध्यक्ष अग्रवालले बैंकहरुले सरकारले ल्याएको मौद्रिक नितिलाई कार्यान्वयनमा लैजान अटेरी गरेकाले व्यापार व्यवसाय धमाधम बन्द हुने स्थितिमा पुगेको भन्दै चिन्ता व्यक्त गरे । उनले बैक तथा वित्तीय संस्थाहरुलाई मौद्रिक नीति कार्यान्वयन गर्न आग्रह गरे । देशमा भएको आर्थिक मन्दी र आर्थिक तरलताले व्यापार व्यवसायीहरुलाई ठूलो प्रभाव पारेको छ, उनले भने, केही राहत हुने गरि सरकारद्वारा ल्याएको मौद्रिक नितिलाई बैंक तथा वित्तीयसंस्थाले ढाकछोप गरेको छ । बैंकहरुले विधिको शासनभन्दा व्यक्तिको शासन संचालन गर्न खोजेको उनले आरोप लगाए ।

राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरु । फोटोः न्यूज टुडे

बैंकहरुको मनपर्दीले सप्तरीमा लगानी अभावले २ सयभन्दा बढी उद्योग, व्यावसाय बन्द भइसकेको छ, अध्यक्ष अग्रवालले भने, बैंकमा विधिको शासन भएन व्यक्तिको भयो, त्यसको प्रत्येक्ष प्रभाव उधोगी व्यवासायीहरुमा परेको छ । पत्रकार सम्मेलन बोल्दै अध्यक्ष अग्रवालले खुल्ला सीमाका कारण सप्तरीमा चोरी, तस्करी बढेको र यसलाई स्थानीय प्रहरी, प्रशासनले संरक्षण दिएको आरोप लगाए । स्थानीय प्रशासनले चोरी, तस्करी नियन्त्रण नगर्दा स्थानीय ब्यापार चौपट्टै भएको उनले गुनासो गरे ।

सप्तरी उद्योग बाणिज्य संघले प्रशासनलाई चोरी, तस्करी नियन्त्रण गरिदिन पटकपटक आग्रह गर्दा पनि सुनुवाइ भएन, उनले भने, राजस्व चुहावट नरोकिएकोले चोरी, तस्करीमा प्रहरी, प्रशासनको सहयोग छ ।’ जिल्लाका हरेक सिमाबाट निर्बाध रुपमा चोरी, तस्करी भइरहेको उनले बताए । यो विषयमा भन्दा प्रहरी, प्रशासनले सुराकी दिन भनिरहेको छ, अग्रवालले भने, ‘ आफूहरू व्यापार गर्ने कि सुराकी दिने ?’ उनले बैंक व्याजले समेत व्यवसायीलाई त्रसित बनाएको उल्लेख गर्दै राज्यले ब्यापारीको समस्यालाई समाधान गर्न कुनै ध्यान नदिएको बताए । बैंकहरूले ग्रहकको खाताबाट आर्थिक अपचलन गरेको घटना वृद्धि हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले संलग्न व्यक्तिलाई आर्थिक अपराध गरेको कसुरमा हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य अरूण प्रधानले राज्यले ध्यान नदिदा ब्यापारी आत्महत्यातर्फ अग्रसर भएको बताए । उनले राज्यले सहज रुपमा लगानी गरि व्यापार व्यवसायी संचालन गर्ने बाताबरण मिलाउनु पर्नेमा जोड दिए ।