• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा संचालित प्रथम मेयर कपको उपाधी रुपनीलाई

हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा संचालित प्रथम मेयर कपको उपाधी रुपनीलाई

न्यूज टुडे
राजविराज, १६ बैशाख ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा सञ्चालित प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी रुपनी गाउँपालिकाले हात पारेको छ ।

छिन्नमस्ता गाउँपालिकालाई २७ रनले पराजित गर्दै रुपनी गाउँपालिकाले उपाधीमाथि कब्जा जमाएको हो । टस जितेर ब्याटि· गरेको रुपनी गाउँपालिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २ सय ४ रनको विशाल योगफल तयार पारेको थियो । जसमा रुपनीका ईमरान शेखले विष्फोटक ब्याटि· गर्दै ३५ बलमा ४ छक्का र ६ चौकाको मद्तले सर्वाधिक ६१ रन बनाएका थिए । यसैगरी विकास दासले ३७ बलमा १ छक्का र ४ चौकाको मद्तले ४३ रन, विक्की चौधरीले २३ बलमा ३७ रन, अरनिको यादवले २२ रन तथा राशिद खानले ७बलमा एक छक्का र ३ चौकाको मद्दतले १८ रन बनाएकाथिए ।

उपविजेता टिमलाई पुरस्कार प्रदान गर्दै नगरप्रमुख विरेन्द्र कुमार माझी । फोटोः न्यूज टुडे

छिन्नमस्ता गाउँपालिकाका लागि फिरदोस अन्सारी र दिपेश कँडेलले २÷२ विकेट लिएभने उपेन्द्र रायले १ विकेट लिए । जितको लागि २सय ५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा छिन्नमस्ता गाउँपालिकाको टिमले कमजोर शुरुवात गरेको थियो । एक समय ७६ रनमा ६ विकेट गुमाएको छिन्नमस्ता गाउँपालिकाको टिम निर्धारित २० ओभरमा १ सय ७७ रन मात्र बनाउन सक्यो । छिन्नमस्ता गाउँपालिकाका लागि रेवति रायले ३३ बलमा ४ छक्का र ३ चौकाको मद्तले अविजित ४८ रन बनाए भने गुणानन्द रायले २० बलमा ३ छक्का र १ चौकाको मद्तले २८ रन बनाएकाथिए । यसैगरी सिद्धान्त लोहनीले २७, फिरदोश अन्सारले १६ र रवि रायले १३ रनको योगदान दिएपनि आफ्नो टिमलाई जिताउन सकेनन् ।

रुपनी गाउँपालिकाका लागि सुनिल धमला र अशोक मेहताले ३÷३ विकेट लिएभने अशोक यादवले २ विकेट लिंदै आफ्नो टिमलाई प्रथम मेयर कपको उपाधी दिलाउन सफल भए । विजेता रुपनीगाउँपालिकाले नगद एक लाख रुपैयाँ तथा ट्रफी पुरस्कार पाएका छन् भने उपविजेता छिन्नमस्ता गाउँपालिका टिमले नगद ५० हजार र ट्रफी पुरस्कार पाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका छिन्नमस्ता गाउँपालिकाका फिरदोश अन्सारीलाई म्यानअफ द सिरिज, तिलाठी कोइलाडीका अमित मण्डललाई बेस्ट ब्याट्सम्यान र सोहीगाउँपालिकाका दिपेश सरदारलाई बेस्ट बलरको पुरस्कार प्रदानगरियो ।

समापनको अवसरमाप्रदेश सभा सदस्य सकिल अली, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझी, प्रमुखप्रशासकीय अधिकृत हरि मोहन सुतिहार, सशस्त्रप्रहरी नायब निरीक्षकदिनेश श्रेष्ठ, वडा अध्यक्षहरु मौली मण्डल र साकिर अली खानसहितकाले पुरस्कार वितरण गरेका थिए ।