• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा छिन्नमस्ता र रुपनी

मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा छिन्नमस्ता र रुपनी

न्यूज टुडे
राजविराज, १५ बैशाख ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा सञ्चालित मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा छिन्नमस्ता गाउँपालिका र रुपनीगाउँपालिकाको टिम प्रवेश गरेको छ । शुक्रबार सम्पन्न सेमीफाइनल खेलमा रुपनीगाउँपालिकाले तिलाठी कोइलाडी गाउँपालिकालाई ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यसैगरी दोस्रो खेलमा खेलको नियमविपरित अनुशासनहिन तथा खेल भावना विपरित अमर्यादित कार्य गरेकोले कञ्चनरुप नगरपालिकाको टिमलाई अयोग्य घोषित गरिएपछि छिन्नमस्ता गाउँपालिकाको टिम फाइनलमा प्रवेश पाए ।

पहिलो सेमीफाइनल खेलमा टस हारेर ब्याटि· गरेको तिलाठी कोइलाडी गाउँपालिकाको टिम १६ ओभर १ बलमा७३ रनमा अलआउट हुनपुग्यो । रुपनी गाउँपालिकाका सुनिल धमला र राशिद खानको घातक बलि· अगाडि टिक्न नसक्दा राम्रो शुरुवात गरेपनि तिलाठी कोइलाडी टिमले उच्च स्कोर बनाउन सकेन । सुनिल धमलाले ४ ओभरमा १ मेडेन राख्दै ११ रन खर्चेर ४ विकेट लिएभने राशिद खानले ४ ओभरमा १ मेडेन राख्दै १६ रनमा ३ विकेट लिए । यसैगरी अरनिको यादव र अशोक मेहताले १÷१ विकेट लिए ।

तिलाठी कोइलाडीका लागि रोविन सिंहले २२,विकास दासले १७तथा रोहन विकले १२ रनको योगदान गरेका थिए । जितको लागि ७४ रनको लक्ष्य रुपनीगाउँपालिकाको टिमले १० ओभर ४ बलमा ४ विकेट गुमाई हासिलग¥यो । जसमा विकास दासले अविजित ३८ रन र सुनिल धमलाले २४ रनको योगदानगर्दै आफ्नो टिमलाई फाइनलमा पु¥याउन सफल भए । तिलाठी कोइलाडीका लागि दिपेश सरदार र विकास दासले समान २÷२विकेट लिए । उक्त खेलमा रुपनीगाउँपालिकाका सुनिल धमलालाई हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि मोहन सुतिहारले म्यानअफ द म्याच प्रदान गरे ।

दोस्रो सेमीफाइनलमा नियमविपरित अनुशासनहिनता तथा खेल भावनाविपरित प्रदर्शन गरेपछि कञ्चनरुप नगरपालिकाको टिमलाई आयोजक समितिले खेल्न अयोग्य घोषित गरेको थियो । कञ्चनरुपको टिमलाई अयोग्य घोषित गरेपछि विपक्षी छिन्नमस्ता गाउँपालिकाको टिमले फाइनलमा स्थानबनाएको हनुमाननगर कंकालिनी नगरपालिकाका सूचनाप्रविधि अधिकृत अमित पाठकले जानकारी दिए । छिन्नमस्तागाउँपालिका र रुपनीगाउँपालिकाको टिमबीच शनिबार फाइनल खेल हुनेछ ।