• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

नगर स्तरीय मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा तिलाठी कोइलाडी र छिन्नमस्ता विजयी

नगर स्तरीय मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा तिलाठी कोइलाडी र छिन्नमस्ता विजयी

न्यूज टुडे
राजविराज, १४ बैशाख ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा सञ्चालित मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा अन्तर्गत विहिबार सम्पन्न दुई खेलमा तिलाठी कोइलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिकाको टिम विजयी भएको छ ।

प्रतियोगितामा तिलाठी कोइलाडीले हनुमाननगर कंकालिनी नगरपालिकाको रेड टिमलाई ६ विकेटले र छिन्नमस्ता गाउँपालिकाको टिमले हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिमलाई १ सय ३० रनले पराजित गरेको हो । टस जितेर ब्याटि· गरेको पहिलो खेलमा हनुमाननगर कंकालिनी नगरपालिकाको रेड टिमले निर्धारित २० ओभरमा ९विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो ।जसमा प्रज्वल झाले अविजित ३२ रन बनाए भने सौरभ झाले १८ तथा शैलेन्द्र राउत र सुमन यादवले १०÷१० रनको योगदान दिएकाथिए ।
तिलाठी कोइलाडीका लागि विकास दासले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएभने दिपेश सरदारले ४ ओभरमा १४ रन दिएर २ विकेट र साकेत सिंहले २ ओभरमा १४ रन दिएर २ विकेट लिएकाथिए ।

जितको लागि १ सय ९ रन पछ्याउने क्रममा तिलाठी कोइलाडीका अभिषेक कार्कीले २६ बलमा ३ छक्का र ७ चौकाको मद्तले ५३ रन बनाएकाथिए । यसैगरी अमित मण्डलले २३ बलमा २ चौका र ३ छक्काको मद्तले २७ रन तथा विकास दासले १७ रनको योगदान दिदैं आप्mनो टिमलाई विजयी गराए ।
हनुमाननगर कंकालिनी नगरपालिकाको रेड टिमका लागि शैलेन्द्र राउतले ३ तथा तिलेश्वर मण्डलले १ विकेट लिएका थिए । उक्त खेलमा तिलाठी कोइलाडी गाउँपालिकाका विकास दासलाई हनुमाननगर कंकालिनी नगरपालिकाका सूचनाप्रविधि अधिकृत अमित पाठकले म्यानअफ द म्याच प्रदान गरे ।

यसैगरी दोस्रो खेलमाटस जितेर ब्याटि· गरेको छिन्नमस्ता गाउँपालिकाको टिमले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो । जसमा दिपेश कँडेलले २४ बलमा २ चौका र ३ छक्काको मद्तले अविजित ३५ रन बनाए भने मिनस थापाले ३३, फिर्दोश अन्सारले २७, रेवति रायले २३, रवि रायले १८ र सिद्धान्त लोहनीले १० रन बनाएकाथिए ।
हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिमका लागि दिपक भुजेल र सुजित मण्डलले ३÷३ विकेट लिए भने त्रिभुवन मण्डलले १ विकेट लिएका थिए ।

विकास दासलाई म्यान अफ द म्याच प्रदान गर्दै सुचनाप्रविधि अधिकृत अमित पाठक । फोटोः न्यूज टुडे

जितको लागि १ सय ८४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिम९ ओभर ५ बलमा सबै विकेट गुमाई ५३ रन मात्र जोड्न सक्यो । छिन्नमस्ताका बलरहरु दिपेश कँडेल र फिर्दोश अन्सारीको घातक बलि· सामु निरीह हुँदै ब्लु टिम १ सय ३० रनको विशाल अन्तरले हार ब्यहोर्न पुग्यो । दिपेश कँडेलले १ ओभर ५ बलमा १५ रन खर्चिदै ४ विकेट हातपारे भने फिर्दोश अन्सारीले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए । यसैगरी उपेन्द्र रायले २ विकेट हात पारे । उक्त खेलमा छिन्नमस्ता गाउँपालिका टिमका दिपेश कँडेललाई तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झाले म्यानअफ द म्याच प्रदान गरे ।

शुक्रबारको पहिलो सेमिफाइनलखेल तिलाठी कोइलाडी गाउँपालिका र रुपनीगाउँपालिका बीच तथा दोस्रो सेमीफाइनलखेल छिन्नमस्ता गाउँपालिका र कञ्चनरुप नगरपालिकाको टिम बीचहुने हनुमाननगर कंकालिनीनगरपालिकाका सूचनाप्रविधिअधिकृत अमित पाठकले जानकारी दिए ।