न्यूज टुडे
राजबिराज, २९ चैत ।
जनकपुर नगरपालिकाद्वारा संचालित मेयरकप क्रिकेट प्रतियोगितामा सप्तरीले पोखरालाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेका छ ।
जनकपुरमा बुधबार सम्पन्न खेलमा पोखरालाई ५ विकेटले पराजित गर्दै सप्तरी मेयर कपको सेमिफाईनलमा प्रवेश गरेको हो। टस जितेर पोखराले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ८ बिकेट गुमाएर १ सय ४ रनको योगफल खडा गरेका थिए। जसमा अभिषेक थापा ३४, कृष्ण पौडेल १५ तथा गौरब बिक, र सन्दिप कर्की १४÷१४ रन जोडे । बलिंग तर्फ सप्तरी सिनियर टिमका राहुल मण्डलले किफायती बलिंग गर्दै ४ ओभरमा १७ रन दिएर ३ बिकेट र नितेश यादब, राज बर्मा समान्य १÷१ बिकेट हात पारेका थिए।
जवाफमा सप्तरी सिनियर टिमले १६ ओभरमा ५ बिकेट गुमाएर बिजयी हासिल गरेका थिए। जसमा टिमका लागी रोहन बिकले उत्कृष्ट ब्याटिंग गर्दै ३६ बलमा ८ चौकाको मदतले ४४ रन बनाएका थिए।
यसैगरी टिमलाई जिताउन राहुल मण्डल २९ रन, निरज यादब १९ अविजित बनाएका थिए। बलिंगतर्फ पोखराका चन्द्रकान्त पौडेल ३ बिकेट र कृष्ण पौडेलले २ बिकेट लिएका थिए।
खेलको म्यान अफ दि म्याच राहुल मण्डल घोषित भएको सप्तरी क्रिकेट सँघका शम्भु दासले जानकारी दिए। यस अघि सप्तरीले काठमाडौंलाई पराजित गर्दै जित हाँसिल गरेका थिए ।