• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

राजविराजमा विप्लव नेतृत्वको नेकपाद्वारा मिटरव्याजी र लघुवित्त विरुद्ध प्रदर्शन

राजविराजमा विप्लव नेतृत्वको नेकपाद्वारा मिटरव्याजी र लघुवित्त विरुद्ध प्रदर्शन

न्यूज टुडे
राजविराज, २४ चैत ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सप्तरीद्वारा राजविराजमा शुक्रवार मिटरव्याजी वित्तीय संस्था तथा महंगीको विरोधमा प्रदर्शन गरेको छ ।

जिल्लाका विभिन्न स्थानबाट भेला भएका नेकपाका नेताकार्यकर्ताले मिटर व्याजी, लघुवित्तीय संघसंस्था र चर्को महंगी विरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेको हो । स्थानीय शिव मन्दिरबाट जिल्ला सेक्रेटरी रामनाथ मण्डलको नेतृत्व निस्किएको विरोध जूलूस एकीकृत जनक्रान्ती जिन्दावाद, मिटरव्याजीहरु होसियार, लघुवित्त संघसंस्था खारेज गर, महंगी नियन्त्रण गर, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, वीर सहिद लालसलाम लगायतका चर्का नारा लगाउदै नगरपरिक्रमा गरे । विरोध प्रदर्शन पछि जनआन्दोलन चौकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय प्रतिनिधि होक्कान सिंहले मिटब्याजीहरुलाई कारबाही र पीडितलाई सहयोग गर्न माग गरे ।

देशमा दिनप्रतिदिन बढ्दै गएको महंगी नियन्त्रण गर्नुपर्ने तथा जनतालाई आत्माहत्य गराउन बाध्य पार्ने लगुवित्तीय संघसंस्थालाई खारेजी गर्नुपर्नेमा उनले जोड दिए । उनले शान्तिपुर्ण आन्दोलनबाट सुनुवार नभए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।