• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

को.बर्साइन पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

को.बर्साइन पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

न्यूज टुडे
राजविराज, १९ चैत ।
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा संचालित पालिका स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा को. बर्साईन प्रवेश गरेको छ ।

आईतवार सम्पन्न सेमीफाइनल खेलमा सकरपुरा र को. बर्साइन टिमबीच कडा प्रतिस्पर्धा रहेपनि नेट रनरेटको आधारमा वडा नं. ५ को. बर्साइन फाइनलमा प्रवेश गर्न सफल भएको हो ।  । यस्तै आइतबार सम्पन्न दोश्रो खेलमा वडा नं. ३सकरपुराले वडा नं. ८ तोपालाई ९ विकेटले पराजित गरेको छ । जितको लागि १५ ओभरमा ५७ रनको लक्ष्य सकरपुराले ३ ओभर २ बलमा १ विकेट गुमाई लक्ष्य हासिल गर्न सफल भएको गाउँपालिकाका कार्यक्रमअधिकृत राजेश कुमार झाले बताए ।

सो खेलमा टस जितेर ब्याटि· गरेको तोपाले निर्धारित १५ ओभरको खेलमा १३ ओभर ४ बलमा सबै विकेट गुमाई ५६ रन मात्र बनाउन सकेको उनले जानकारी दिए । तोपाका लागि धनराज मण्डलले सर्वाधिक २५ रन बनाएकाथिए भने सरवन मण्डलले १० रनको योगदान दिएका थिए । सकरपुराका लागि साकेत सिंह र अमित मण्डलले ३÷३ विकेट लिएभने धनञ्जय झाले २ र सुरज मण्डलले १ विकेट लिएकाथिए ।

जितको लागि ५७ रनको लक्ष्य सकरपुरा टिमले ३ ओभर २ बलमा एक विकेट गुमाई लक्ष्य हासिल गर्न सफलभयो । सकरपुराकालागि साकेत सिंहले अविजित ४१ रन बनाए ।तोपाकालागि एक मात्रविकेट रविन्द्र मण्डलले १ विकेट लिएका थिए । उक्त खेलमा सकरपुराका साकेत सिंहलाई म्यानअफ द म्याच घोषित गरियो । प्रतियोगिता अन्तर्गत सोमबारको खेल वडा नं. ४कोइलाडी र वडा नं. ७ मन्सापुर बीच हुने प्रतियोगिता संयोजक ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

यस अघिशनिबार सम्पन्न खेलमा सकरपुराले तिलाठीलाई ३ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटि· गरेको तिलाठीले १६ ओभर ३ बलमा सबै विकेट गुमाई १ सय १५ रन बनाएको थियो । जसमा शिव कामैतले सर्वाधिक ३९, लक्ष्मी रायले २९ र कारी झाले १४ रनको योगदान गरेकाथिए । सकरपुराका लागि धनञ्जयझाले ४ ओभरमा १९ रन दिर ५ विकेट लिएका थिएभने अमित मण्डलले २ तथा साकेत सिंह र सुरज मण्डलले १÷१ विकेट लिएका थिए ।

जितको लागि १सय १६ रन पछ्याएको सकरपुरा १६ ओभर ५ बलमा ७विकेट गुमाई विजयीहासिलगर्न सफलभयो । सकरपुराका लागि अमित मण्डलले सर्वाधिक ४८ रन बनाएका थिए भने साकेत सिंहले ३२ रन बनाएकाथिए । तिलाठीका लागि चन्दन झाले ४ र कारी झाले ३ विकेट लिएका थिए । उक्त खेलमा सकरपुराका धनञ्जय झालाई म्यानअफ द म्याच घोषित गरिएको थियो ।