• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

खानेपानी गुणस्तर परीक्षण ल्याबको उद्घाटन

न्यूज टुडे
राजविराज, १९ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा खानेपानी गुणस्तर परीक्षण ल्याब स्थापना गरिएको छ ।

युनिसेफको सहयोगमा गाउँपालिकाद्वारा गाउँपालिका कार्यालयमा ल्याब स्थापना गरिएको हो । खानेपानीको गुणस्तर परीक्षणगर्न गाउँपालिकाको कार्यालयमा ल्याबको स्थापना गरिएको जनाएको छ । ल्याबको एक कार्यक्रमका बीच गाउँपालिकाका प्रमुखप्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव र वडा नम्बर १ का वडा अध्यक्ष दिनेश्वर मिश्र(मन्सुर बाबा) ले संयुक्त रुपमा उद्घाटन गरे । ल्याब उदघाटन गर्दै प्रमुखप्रशासकीयअधिकृत यादवले ल्याब स्थापनाले पानीको गुणस्तर जाच्न र स्वच्छ खानेपानी खानुपर्ने भन्ने बिषयमा सचेत गराउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । युनिसेफका खानेपानी सरसफाई स्वच्छ्ता कार्यक्रम अधिकृत अन्नपूर्णा मिश्रले ल्याबबाट ईकोली, पिएच, आर्सेनिक, टर्बिडिटी, इलेक्ट्रीकल कन्डक्टिभिटी लगायतका७ वटा जाँच सेवाहरु उपलब्ध हुने जानकारी दिए ।

उक्त उद्घाटन कार्यक्रममा पानीको जाँच र यसको प्रक्रिया तथा प्रविधिका बारेमा गाउँपालिकाका खानेपानी सरसफाई तथा स्वच्छता (वास) कार्यक्रमका सम्पर्क ब्यक्ति किशोर कुमार झाले जानकारी गराए । उक्त अवसरमा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दिपक मण्डल, कार्यक्रम अधिकृत राजेश कुमार झा, वास कार्यक्रमका जिल्ला संयोजक रोशन गुप्ता लगायतको सहभागिता रहेको थियो ।