न्यूज टुडे
राजविराज, १६ चैत ।
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गाउँपालिका स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा वडा नम्बर ७मन्सापुर र वडा नम्बर–१ तिलाठीले जित हाँसिल गरेको छ ।
मावि वभनगामाकट्टी खेलमैदानमा संचालित पहिलो खेलमा वडा नम्बर ७ मन्सापुरले वडा नम्बर २ लौनियाँलाई ८ विकेटले र दोस्रो खेलमा वडा नम्बर १ तिलाठीले वडा नम्बर ५ को.बर्साइनलाई २१ रनले पराजित गर्दै जित हात पारेको जो । विहान सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको लौनियाँमन्सापुरका बलर सामु निरीह सावितहुँदै ८ ओभर ४ बलमा ४५ रनमा अलआउट भयो । लौनियाका लागि मिथिलेश कुमार मण्डलले १४ रन बनाउनु बाहेक कुनै पनि ब्याट्सम्यान दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । मन्सापुरका लागि राजकुमार मण्डलले घातक बलिङ गर्दै ३ ओभर ४ बलमा ११ रन खर्चेर ६ विकेट लिएभने धिरज मण्डलले ३ तथा निरज कुमार मण्डलले १ विकेट हातपार्न सफल भएका थिए ।
जितको लागि ४६ रनको लक्ष्य पछ्याउने क्रममा मन्सापुर टिम ५ ओभर १ बलमा दुई विकेट गुमाई जित हात पार्न सफलभयो । मन्सापुरका लागि धिरज मण्डलले १४ तथा चेतन यादवले ११ रन बनाए । लौनियाका लागि रमानन्द मुखियाले २ विकेट लिए । उक्त खेलमा मन्सापुरका राजकुमार मण्डललाई गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले म्यानअफ द म्याचको पुरस्कार प्रदान गरे ।
यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको तिलाठीले २० ओभरमा ९ विकेट गुमाई ९१ रन बनाएको थियो । जसमामिथुनयादवले सर्वाधिक ३१ रन बनाएभने लक्ष्मी रायले १० रनको योगदान गरे । को. बर्साइनकालागि राजा रायले ४ ओभरमा ८ रन दिएर ४ विकेट लिएभने दिपेश सरदारले २ तथा राहुल रजक र राजेश रजकले १÷१ विकेट लिए ।
जितको लागि ९२ रनको लक्ष्य पछ्याउने क्रममावडा नं. ५ को.बर्साइन टिम १२ ओभर ४ बलमा७० रनमा अलआउट भयो । को. बर्साइनकालागि सुभाष शर्माले सर्वाधिक २० रन बनाए भने राहुल रजकले ११ रन बनाए ।अन्य खेलाडिहरु दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । तिलाठीका लागि शिवकामैतले उत्कृष्ट बलिङ गर्दै ३ ओभर ४ बलमा १४ रन दिएर ५ विकेट लिंदै आफ्नो टिमलाई विजयी गराए । तिलाठीका लागि चन्दन झा र कारी झाले २÷२ तथा सुनिल यादवले १ विकेट लिए । उक्त खेलमा तिलाठीका शिव कामैतलाई म्यानअफ द म्याच घोषित गरियो ।
प्रतियोगिताअन्तर्गत शुक्रबारको एकमात्र खेल वडा नम्बर ५ को. बर्साइनर वडा नम्बर वडा नं. ८ तोपाबीच खेल हुने प्रतियोगिता संयोजक ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।