• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ को कब्जामा

प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर  ४ को कब्जामा

न्यूज टुडे
कञ्चन्पुर, १५ चैत ।
सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा सञ्चालित प्रथम मेयर कप फुटबल प्रतियोगिता २०७९ को उपाधी वडा नम्बर –४ ले हात पारेको छ । वडा नम्बर –३ स्थित बरमझियाको मैदानमा बुधबार सम्पन्न फाईनल खेलमा वडा नम्बर –३ लाई पलान्टी मार्फत पराजित गर्दै वडा नम्बर –४ ले उपाधिमाथी कब्जा जमाएको हो ।

दुबै टिम विच कडा प्रतिस्पर्धा रहेको सम्पन्न फाईनल खेलमा निर्धारित समयमा दुबै टिमबाट गोल गर्न नसकेपछी ट्राईबेकरबाट खेलको छिनोफानो गरिएको थियो । कार्यक्रममा विजेता टिमका गोलकिपर शाशिकान्त चौधरीलाई म्यान अफ द सिरिजको पुरस्कार प्रदान गरिएको थियो भने उपविजेताका गोलकिपर अमरजित चौधरीले बेष्ट गोलकिपरको पुरस्कार प्राप्त गरे ।

उपविजेता टिमलाई चेक सहित कपसहितको पुरस्कार प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत रेणुका कुमारी साह । फोटोः न्यूज टुडे

कार्यक्रममा नगरप्रमुख ललन प्रसाद गुप्ताले शुभकामना मन्तव्य व्यक्त हर्दै खेलका उत्कृष्ट खेलाडीहरुलाई छ्नोट गरेर नगर स्तरीय टिम बनाउने उदेश्यले अहिलेको मेयर कप संचालन गरेको बताए । कार्यक्रममा नगरप्रमुख गुप्ताले विजेता टिम वडा नम्बर ४ लाई नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत रेणुका कुमारी साहले उप–विजेता टिम वडा नम्बर ३ लाई नगद ३० हजारसहित, कप, मेडल र प्रमाणपत्र प्रदान गरे । मेयर कप चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो ।