• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ३ बरमझियालाई

मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ३ बरमझियालाई

राजकुमार साह
कञ्चन्पुर, १५ चैत ।
सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा सञ्चालित प्रथम मेयर कप क्रिकेट प्रतियोगिता २०७९ को उपाधी वडा नम्बर –३ बरमझियाले हात पारेको छ ।

वडा नम्बर –९ स्थित खैरवनाको मैदानमा बुधबार सम्पन्न फाईनल खेलमा वडा नम्बर –१ लाई ४ बिकेटले पराजित गर्दै वडा नम्बर –३ ले उपाधिमाथी कब्जा जमाएको हो । सम्पन्न फाईनल खेलमा बिजेता टिमका खेलाडी बेष्ट बलरसहितको बसन्त चौधरी म्यान अफ द म्याचका घोषित भए । खेलको बेष्ट ब्याड्स म्यान उमेश चौधरी घोषित भएका छ्न । कार्यक्रममा नगरप्रमुख ललनप्रसद गुप्ताले खेलाडीहरुलाई शुभकामना दिदै १२ वडाको उत्कृष्ट खेलाडीहरुलाई छ्नोट गरेर नगर स्तरीय टिम बनाउने उदेश्यकोसाथ अहिलेको मेयर कप संचालन भएको बताए ।

विजेता टिम वडा नम्बर ३ बरमझियाले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । उप–विजेता टिम वडा नम्बर १ ले नगद ३० हजारसहित, कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । मेयर कप चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो ।