• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

बर्तमान गठबन्धन सरकार पाँच बर्षसम्म टिक्छः निधि

बर्तमान गठबन्धन सरकार पाँच बर्षसम्म टिक्छः निधि

न्यूज टुडे
राजविराज, ७ चैत ।
कांग्रेसका नेता एवम पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले बर्तमन गठबन्धन सरकार पाँचैबर्ष टिक्ने दावी गरेका छ्न । सप्तरीको कंचनरूप नगरपालिकामा मंगलबारदेखि सुरु भएको मेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । नेता निधिले पाँच वर्षमा गठबन्धनबाट तीन जना प्रधानमन्त्री हुने सहमति रहेको बताए । सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने जिकिर गर्दै निधिले आलोपालो तीनजना प्रधानमन्त्री हुने सहमति अनुसार गठबन्धन अगाडि बढ्ने स्पष्ट पारे । अबको पाँच वर्ष संसद् विघटन हुँदैन तर प्रधानमन्त्री तीनजना बन्नुहुन्छ, निधिले भने, ‘जनादेश नै यस्तो छ ।’ संसद् पाँच वर्षसम्म कार्यान्वयनमा रहने भन्दै उनले केन्द्रमा सरकार पूर्णता पाएसँगै सातवटै प्रदेशमा गठबन्धनको सरकार निर्माण हुने खुलासा गरे ।

खेलमा हुने नियमजस्तै राजनीतिक खेलको नियम एमालेले नमानेका कारण सरकारबाट वाहिरिएको बताउँदै उनले निर्वाचनपछि सरकार गठनका बेला कांग्रेसबाट गल्ती भएको स्वीकार गरे । उनले बर्तमान सरकारले छिटै पूर्णत पाउने बताए । कंचनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा आयोजना कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य दिनेश यादव , पुर्व साँसद डा. सुर्य नारायण यादव, प्रदेशसभा सदस्य सकिल मियाँ, पुर्व प्रदेशसभा सदस्य सत्यनारायण मण्डल लगायतले शुभकामना मनतव्य व्यक्त गरे ।

यसैगरी जिल्ला समवन्य समिती सप्तरीका प्रमुख शिव नारायण साह, हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र कुमार माझी,तिरुहुत गाउपालिकाका अध्यक्ष बिजय प्रसाद यादव, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी, उपाध्यक्ष कल्पना कुमारी चौधरी, तिरुहुत गाउँपालिकाकी उपाध्यक्ष बिणा यादबलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा संचालन स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले गरेका थिए ।